काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छन् । शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गरेको हो ।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो । यसअघि खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेटेको थिए। शुक्रवार नै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका रहेको छ ।
भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ । सरकारले प्रमुख तीन दलका शिर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिवद्धता जनाउने प्रयास गरेको छ । हाल ओलीमाथि जेन–जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्धको विषय पनि छलफलमा उठेको छ ।
यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रिय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो । एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिवद्धता जनाएको छ । सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ । यो भेटले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १६:०३
पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...
बैशाख १५ गते, २०८३ - १५:३८
काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...
बैशाख १५ गते, २०८३ - १५:१७
नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...
बैशाख १५ गते, २०८३ - १५:०४
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...
बैशाख १५ गते, २०८३ - १४:५४
मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...
बैशाख १५ गते, २०८३ - १४:३९
काठमाडौँ। काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ...
बैशाख १५ गते, २०८३ - १४:१४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदान प्रयोगको म्याद थप गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ। त्रिभुवन विश...
बैशाख १५ गते, २०८३ - १३:४९
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छा लाई हिरासतमा राखिएको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ ग...
बैशाख १५ गते, २०८३ - १३:२२
काठमाडौं । २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको खुलासा भएको छ।...
बैशाख १५ गते, २०८३ - १३:११
काठमाडौं। पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक मंगलबार धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ। बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट न...


प्रतिकृया लेख्नुहोस्: