काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्।
शनिबार बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै निर्वाचन सफल पार्न आग्रह गरेकी हुन्।
छलफलको सुरुआतमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गरी बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिँदै भनिन्, “यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे हुँ। राष्ट्रपतिज्यूबाट निर्वाचन गराउने कार्यादेश पाएअनुसार सरकार निर्वाचनको तयारीमा जुटेको छ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई हस्तान्तरण गरिसकेको जानकारी पनि दिइन्।
“मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको कुरा के हो भने यो निर्वाचन जसरी पनि सफल बनाऔँ,” प्रधानमन्त्रीले भनिन्, “सबैले यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयार देखिनु भएको छ, त्यस्तो वातावरण बनिरहेको छ, जुन स्वागतयोग्य हो।”
छलफलका क्रममा उनले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको जानकारी दिँदै सुरक्षाकर्मीको मनोबल उच्च रहेको पनि उल्लेख गरिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले नेताहरूलाई सम्बोधन गर्दै भनिन्, “अब कुनै अलमल नगरी राष्ट्रको भविष्यलाई सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्नु हामी सबैको साझा जिम्मेवारी हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १३:५३
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ । ...
बैशाख १७ गते, २०८३ - १३:४३
वासिङ्टन । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्...
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...


प्रतिकृया लेख्नुहोस्: