काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा हनुमानढोका दरबार सङ्ग्रालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले दरबारका भित्री चोक तथा सङ्ग्राहलयको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य समितिको रहेको बताए ।
समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सङ्ग्रहालयका भवनहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्दै २०७२ सालको भूकम्पपछि क्षति भएका संरचनाको पुनःसंरचना गरी सञ्चालन गर्नु आजको प्रमुख चुनौती रहेको बताए । इतिहासको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङले हनुमान ढोका दरबार सङ्ग्रालयलाई जीवन्त राख्न सरकार, विकास समिति र अन्य सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्रको अभिन्न अङ्गका रूपमा रहेको हनुमान ढोका दरबार सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका कारण सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो।
लिच्छिवीकालमा ‘दक्षिणकोलीय ग्राम’ का रूपमा परिचित यो स्थल मध्यकालको उत्तरार्धमा मल्ल राजाहरूको शासनकालमा महत्वपूर्ण केन्द्रका रूपमा विकसित भएको इतिहास छ ।
स्थापना दिवसका अवसरमा समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरेको थियो । सम्मानित हुनेमा तलेजु मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य, खरिदार रामशरण भारती, कार्यालय सहयोगी लक्ष्मीकुमारी डङ्गोल र रमिला देउला रहेका छन् ।
कार्यक्रमका अवसरमा सङ्ग्रहालयसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो। हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिको स्थापना विक्रम संवत् २०६७ पुस १२ गते भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...
पौष १२ गते, २०८२ - १८:१३
हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...




प्रतिकृया लेख्नुहोस्: