Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

खबरडबली संवाददाता

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । 

नेपाली कम्युनिष्ट पार्टी धनकुटाको सम्पन्न बैठकले सिफारिस गरेका उम्मेदवारहरुमा दुई पत्रकार र पुर्वमन्त्रीसमेत छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन लागि धनकुटाबाट प्रत्यक्षतर्फ पुर्व जिल्ला विकास समिति धनकुटाका सभापति समेत भइसकेका धर्मराज पौडेल, वरिष्ठ गायक तथा संगीतकार शम्भु राई, टेकनाथ आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र नवयुवा लोकेन्द्र राईको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ संविधानसभा सदस्य तथा पूर्व शिक्षामन्त्री धनमाया विश्वकर्मा, निवर्तमान कोशी प्रदेशसभा सदस्य कुशुमकुमारी श्रेष्ठ, पत्रकार गोपाल बराइली र सरिता बराईलीको नाम सिफारिस गरिएको छ । 

गोपाल बराईली नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् । अहिले उनी सामुदायिक रेडियो रेडियो धनकुटा एफएमका संचालन रहेका छन् । त्यस्तै सरिता बराईली पनि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य हुन् भने अहिले उनी रेडियो नेपालमा कार्यरत पत्रकार हुन् । यता राष्ट्रियसभाको लागि दुर्गा कुँवरलाई सिफारिस गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी प्रदेश कार्यालय विराटनगरलाई पुस ११ गते बोधार्थ गरिएको सिफारिस पत्रमा साविक नेकपा (एकिकृत समाजवादी) धनकुटाका संयोजक गोपाल बराइली र साविक नेकपा (माओवादी केन्द्र) धनकुटाकी संयोजक कुसुमकुमारी श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षर गरि उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE