कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको एक वर्षको अवधिमा उनीहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबादबाट एक–एक जना गरी ६ जना रहेका छन् । यस्तै, दिल्ली र गाजियाबाट दुई–दुई जना गरी चार जनाको उद्धार गरिएको हो ।
उनीहरूलाई भारतका विभिन्न स्थानमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उद्धार गरिएको संयोजक भट्टले जानकारी दिइन । उद्धार भएकामध्ये ८ जना बालिका र २ जना महिला रहेका छन् ।
यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा अन्य स्थानबाट भारत लैजाँदै गरेको अवस्थामा २०९ जनालाई रोकथाम गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।
संयोजक भट्टका अनुसार गड्डाचौकी नाकाबाट ८९ जना, चार लेन महाकाली पुलबाट ३१ जना, दोधारा–चाँदनी झोलुङ्गे पुलबाट २९ जना तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा विभिन्न स्थानबाट ६० जनालाई भारत जाँदै गर्दा रोकथाम गरिएको हो ।
भारतमा पुर्याएर बेचबिखन गर्ने योजनासहित रोकथाम गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन् । तीमध्ये कञ्चनपुरका १०० जना, कैलालीका ३२ जना, बैतडीका १४ जना, बझाङका १० जना र डोटीका ८ जनालाई सीमा क्षेत्रमा नै रोकथाम गरी परिवारको जिम्मा लगाइएको उनले बताइन ।
दलालहरूले उनीहरूलाई भारत पुर्याएर श्रम शोषण गर्ने, उत्तेजक नाचमा लगाउने, शारीरिक अङ्ग बिक्री गर्ने तथा यौन पेशामा संलग्न गराउने उद्देश्यले बेचबिखन गर्ने गरेको माइती नेपालले जनाएको छ । पछिल्लो एक वर्षको अवधिमा माइती नेपाल कञ्चनपुरमा १८९ वटा खोजतलाससम्बन्धी निवेदन दर्ता भएका छन् ।
तीमध्ये कञ्चनपुरका ६९, कैलालीका ४१, बझाङका १३ तथा डोटी र डडेल्धुराका १०–१० जनासहित ८१ जना बालबालिका र १०८ जना महिला रहेका छन् । उनीहरूमध्ये ८१ जना फेला परेका छन् भने ११७ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको भारतका विभिन्न स्थानमा खोजी भइरहेको बताइएको छ ।
माइती नेपाल आवधिक गृह, कञ्चनपुरले शनिबार महेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो एक वर्षमा भएका उद्धार, रोकथाम र परामर्शसम्बन्धी गतिविधिबारे जानकारी गराएको हो ।
कार्यक्रममा संयोजक भट्टले बालबालिका तथा महिलालाई जोखिममा पर्न नदिन नियमित रूपमा मनोसामाजिक परामर्श प्रदान गरिँदै आएको जानकारी दिइन । उनका अनुसार हालसम्म ४४ हजार ५८१ जनालाई सीमा नाकामा मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे परामर्श दिइएको छ ।
नाकाबाट रोकथाम गरिएका २१७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ३३ जनालाई परामर्शपछि सिधै घर फर्काइएको छ । साथै, २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । यस अवधिमा १२ हजार ८५८ वटा सवारीसाधन रोकि चेकजाँचसमेत गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी १० वटा निवेदन, जबरजस्ती करणीसम्बन्धी ४ मुद्दा तथा मानव बेचबिखनसम्बन्धी एक मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: