उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या दुई लाख नाघेको छ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार १ लाख २१ हजार ८६६ पुरुष र १ लाख १७ हजार ५८ महिला र अन्यमा २ जना गरी जम्मा दुई लाख ३८ हजार ९२६ मतदाता कायम भएको छ । उनले भने, ‘थपिएका अधिकांश नयाँ पुस्ताका हुन् ।’
२०७९ को आमनिर्वाचनमा उदयपुरमा दुई लाख २८ हजार ९४६ जना मतदाता थिए । त्यसको अनुपातमा दश हजार मतदाता थपिएका छन्। उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा तीन नगरपालिका पर्दछन् । जसमा चौदण्डीगढी नगरपालिकामा पुरुष २० हजार ६६ र महिला २० हजार २८३ गरी जम्मा ४० हजार ३४९ कायम भएका छन् । यसैगरी बेलका नगरपालिकामा पुरुष १७ हजार ५४० र महिला १६ हजार ६६० गरी ३४ हजार २ सय कायम भएका छन् । यसैगरी त्रियुगा नगरपालकिामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी ६८ हजार २५५ मतदाता छन् । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को कुल मतदाता पुरुष ७१ हजार ४९२, महिला ७१ हजार ३५० र अन्य २ गरी जम्मा १ लाख ४२ हजार ८०४ कायम भएको छ । यस प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ५२ वटा मतदान स्थल र १६० मतदान केन्द्र कायम गरिएको प्रमुख दाहालले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र– २ मा एक नगरपालिकासहित चार गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिकामा पुरुष, ११ हजार ९९ र महिला ९ हजार ७८० गरी कुल २० हजार ८७९, रौतामाई गाउँपालिकामा पुरुष ७ हजार ९६५ र महिला ७ हजार २८गरी १४ हजार ९९३, लिम्चुङबुङ गाउँपालिकामा पुरुष ४ हजार ५६५ महिला ४ हजार १२४ गरी कुल ८ हजार ६८९ कायम भएका छन् । यसैगरी कटारी नगरपालिकामा पुरुष २१ हजार ४९७ महिला १९ हजार ९०९ गरी कुल ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा ५ हजार २८८, महिला ४ हजार ८६७ गरी कुल १० हजार १५५ कायम भएका छन् । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ पुरुष ५० हजार ४१४ महिला ५४ हजार ७०८ गरी कुल ९६ हजार १२२ कायम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा ५१ वटा मतदानस्थलमा ११५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: