Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्ष उम्मेदवारको खर्च सीमा क्षेत्रअनुसार फरक, कुनकाे कति ?

खबरडबली संवाददाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा निर्धारण गरेको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभरका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमध्ये भौगोलिक अवस्था, मतदाता संख्या र पहुँचका आधारमा खर्च सीमा फरक–फरक राखिएको छ ।

आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले कम्तीमा २५ लाखदेखि बढीमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगका अनुसार अधिकतम २५ लाख रुपैयाँ खर्च सीमा तोकिएका निर्वाचन क्षेत्रहरूमा काठमाडौं–१, काठमाडौं–३, काठमाडौं–६, काठमाडौं–७ र काठमाडौं–८ रहेका छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राजनीतिक दलले गर्न पाउने खर्चको सीमा निर्धारण गरिएको छ । दलहरूले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याका आधारमा प्रति उम्मेदवार अधिकतम २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

आयोगले स्पष्ट पारेअनुसार निर्वाचन खर्चअन्तर्गत मतदाता नामावली खरिद, सवारी साधन प्रयोग, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी तथा अन्तरक्रिया, छापा एवं विद्युतीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षकमा खर्च गर्न सकिनेछ ।

निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा बढी खर्च गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: