दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा मतदाताको संख्या वृद्धि भएको हो ।
अघिल्लो निर्वाचनसम्म दार्चुलामा कुल ९० हजार ७८२ मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकसँगै दुई हजार १६६ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार हाल कायम मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । मतदाता नामावली अद्यावधिकपछि जिल्लाको पालिका अनुसारको तथ्याङ्कसमेत सार्वजनिक गरिएको उनले जानकारी दिए । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् ।
स्थानीय तहगत तथ्याङ्कअनुसार शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता रहेका छन्भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन् ।
मार्मा गाउँपालिकामा नौ हजार ६१३, दुहुँ गाउँपालिकामा आठ हजार ४४१, व्यास गाउँपालिकामा आठ हजार १६२ तथा अपी हिमाल गाउँपालिकामा चार हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनका लागि जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी तीव्र बनाएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा व्यवस्था, प्राविधिक तयारी तथा निर्वाचन व्यवस्थापनका कामलाई तिव्रता दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...
पौष १५ गते, २०८२ - १९:२२
काठमाडाैं । उपत्यकाका तीन स्थानमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। काठमाडौंको बुढानीलकण्ठ र टेकु तथा भक्तपुरको लोकन्थलीमा भएका दुर्घटनामा दुई ...
पौष १५ गते, २०८२ - १९:२०
दाङ । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् । चार वर्षदेखि व्या...
पौष १५ गते, २०८२ - १९:१७
न्युयोर्क । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आ...




प्रतिकृया लेख्नुहोस्: