Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाको एकता सन्देश सभा सम्पन्न

खबरडबली संवाददाता

हाेमबहादुर बस्नेत
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई गाउँपालिका–स्थित मुर्कुचीको सामुदायिक महिला भवनको हलमा आयोजना गरिएको उक्त भेलाले पार्टी एकता, संगठन विस्तार तथा जनआन्दोलनलाई थप सशक्त बनाउने सन्देश दिएको छ ।

एकता सन्देश भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी नेता जगन्नाथ खतिवडा, सुरेश कुमार राई, हिमाल, लक्ष्मण पौडेल, भेषकुमारी राउत, कोपिला, नारायणबहादुर बुर्जा मगर, विनाेद कटुवाल उर्फ दिवस लगायतका नेताहरूले सम्बोधन गरेका थिए । 

भेलाको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाका अध्यक्ष खिलराज राईले गरेका थिए । कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, पार्टी एकताको आवश्यकता, जनजीविकाका सवाल तथा भ्रष्टाचारविरुद्धको संघर्षका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेता जगन्नाथ खतिवडाले वर्तमान सत्ता र शासक वर्गको आलोचना गरे । उनले देशमा बढ्दो भ्रष्टाचार, बेथिति र जनविरोधी नीतिका कारण जनतामा व्यापक असन्तोष फैलिएको बताए । “केपी ओली नेतृत्वको सरकारका कारण भ्रष्टाचार झनै मौलाएको छ, जनताको आवाज दबाइएको छ, त्यसैले हामी टोल–टोलमा गएर जनतालाई संगठित गर्दै जनआन्दोलनको जरो मजबुत बनाउनुपर्ने अवस्था आएको छ,” खतिवडाले भने । 

अन्य वक्ताहरूले पनि पार्टीभित्रको एकता मजबुत बनाउँदै गाउँ–गाउँमा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले जनताको अधिकार, सामाजिक न्याय, समानता र समृद्धिको पक्षमा नेपाली कम्युनिस्ट पार्टीले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकता सन्देश भेलाले रौतामाई गाउँपालिकामा पार्टी संगठनलाई थप सक्रिय बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा आगामी दिनमा जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाइएको छ । भेलाको अन्त्यमा सहभागीहरूबीच आपसी एकता, सहकार्य र सामूहिक संघर्षलाई अझ सुदृढ बनाउने संकल्प व्यक्त गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending