Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाको एकता सन्देश सभा सम्पन्न

खबरडबली संवाददाता

हाेमबहादुर बस्नेत
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई गाउँपालिका–स्थित मुर्कुचीको सामुदायिक महिला भवनको हलमा आयोजना गरिएको उक्त भेलाले पार्टी एकता, संगठन विस्तार तथा जनआन्दोलनलाई थप सशक्त बनाउने सन्देश दिएको छ ।

एकता सन्देश भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी नेता जगन्नाथ खतिवडा, सुरेश कुमार राई, हिमाल, लक्ष्मण पौडेल, भेषकुमारी राउत, कोपिला, नारायणबहादुर बुर्जा मगर, विनाेद कटुवाल उर्फ दिवस लगायतका नेताहरूले सम्बोधन गरेका थिए । 

भेलाको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाका अध्यक्ष खिलराज राईले गरेका थिए । कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, पार्टी एकताको आवश्यकता, जनजीविकाका सवाल तथा भ्रष्टाचारविरुद्धको संघर्षका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेता जगन्नाथ खतिवडाले वर्तमान सत्ता र शासक वर्गको आलोचना गरे । उनले देशमा बढ्दो भ्रष्टाचार, बेथिति र जनविरोधी नीतिका कारण जनतामा व्यापक असन्तोष फैलिएको बताए । “केपी ओली नेतृत्वको सरकारका कारण भ्रष्टाचार झनै मौलाएको छ, जनताको आवाज दबाइएको छ, त्यसैले हामी टोल–टोलमा गएर जनतालाई संगठित गर्दै जनआन्दोलनको जरो मजबुत बनाउनुपर्ने अवस्था आएको छ,” खतिवडाले भने । 

अन्य वक्ताहरूले पनि पार्टीभित्रको एकता मजबुत बनाउँदै गाउँ–गाउँमा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले जनताको अधिकार, सामाजिक न्याय, समानता र समृद्धिको पक्षमा नेपाली कम्युनिस्ट पार्टीले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकता सन्देश भेलाले रौतामाई गाउँपालिकामा पार्टी संगठनलाई थप सक्रिय बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा आगामी दिनमा जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाइएको छ । भेलाको अन्त्यमा सहभागीहरूबीच आपसी एकता, सहकार्य र सामूहिक संघर्षलाई अझ सुदृढ बनाउने संकल्प व्यक्त गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending