Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

खबरडबली संवाददाता

ढाका । बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व्यक्त गरेकी छिन् ।

अवामी लिगको आधिकारिक पोस्टमार्फत जारी गरिएको शोक सन्देशमा शेख हसिनाले भनेकी छिन्, “म बिएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनमा गहिरो समवेदना प्रकट गर्दछु । बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा तथा लोकतन्त्र स्थापनाको सङ्घर्षमा उहाँले निर्वाह गर्नुभएको भूमिकाका कारण राष्ट्रका लागि उहाँको योगदान महत्त्वपूर्ण थियो र सधैँ स्मरण गरिनेछ । उहाँको निधनले बङ्गलादेशको राजनीतिक जीवन र बङ्गलादेश नेसनालिस्ट पार्टीको नेतृत्वमा गहिरो क्षति पुगेको छ ।”

शेख हसिनाले दिवङ्गत नेत्रीको आत्माको चिरस्थायी शान्ति र क्षमाका लागि प्रार्थना गर्दै उहाँका छोरा तारिक रहमान, शोकाकुल परिवारका सदस्यहरू तथा सम्पूर्ण बिएनपी परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेकी छिन् । साथै, उनले सर्वशक्तिमान अल्लाहसँग यस कठिन समयमा परिवारजन र समर्थकहरूलाई धैर्य, शक्ति र सान्त्वना प्रदान गरिदिन प्रार्थना गरेकी छिन् ।

बेगम खालिदा जियाको आज बिहान ८० वर्षको उमेरमा राजधानी ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिएनपीले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिअनुसार, उनको फजरको प्रार्थनाको केही समयपछि बिहान ठीक ६ बजे (स्थानीय समय) निधन भएको पुष्टि गरिएको छ । पार्टीले विज्ञप्तिमा उनको आत्माको अनन्त शान्तिका लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेको छ ।

बिएनपीका अनुसार फोक्सोको सङ्क्रमणका कारण नोभेम्बर २३ मा बेगम जियालाई एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि हृदय रोग, मधुमेह, गठिया, लिभर सिरोसिस र मिर्गौला सम्बन्धी जटिलतासहित विभिन्न दीर्घरोगबाट पीडित रहँदै आएकी थिइन् । यस महिनाको सुरुतिर उन्नत उपचारका लागि उनलाई लन्डन पठाइएको थियो, तर स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि पुनः ढाकामै उपचार जारी रह्यो ।

उनका छोरा तथा बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान स्वर्गीय आमालाई श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल आइपुगेपछि आज बिहान अस्पताल बाहिर ठूलो सङ्ख्यामा समर्थक र शोकाकुल नागरिकहरू भेला भएका थिए ।

यसैबीच, बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि बेगम खालिदा जियाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत नेत्रीलाई राष्ट्रको ‘महान संरक्षक’ तथा बङ्गलादेशको लोकतान्त्रिक इतिहासमा एक अग्लो व्यक्तित्वको रूपमा स्मरण गरेका छन्।

एक्समा पोस्ट गरिएको शोक सन्देशमा युनुसले तीन पटककी पूर्वप्रधानमन्त्रीको निधनले आफू गहिरो शोकग्रस्त भएको उल्लेख गर्दै यसलाई राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन् । उनले भनेका छन्, “बेगम खालिदा जिया केवल एक राजनीतिक दलकी नेता मात्र होइनस उहाँले बङ्गलादेशको इतिहासको एक महत्त्वपूर्ण अध्यायको प्रतिनिधित्व गर्नुभयो ।” उनको लामो राजनीतिक सङ्घर्ष र नेतृत्वसँग जोडिएका जनभावनाहरू सधैँ सम्मानका साथ स्मरण गरिने युनुसले उल्लेख गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बङ्गलादेशकी पूर्वप्रधानमन्त्रीको निधनमा शोक व्यक्त गरेका छन्छ । सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री मोदीले बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा खालिदा जियाले देशको विकास र भारत–बङ्गलादेश सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले सन् २०१५ मा ढाकामा उनीसँग भएको न्यानो भेटको सम्झना गर्दै भनेका छन्, “बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उहाँको योगदान सधैँ स्मरणीय रहनेछ । उहाँको दर्शन र विरासतले भारत–बङ्गलादेश साझेदारीलाई भविष्यमा पनि मार्गदर्शन गरिरहनेछ ।” साथै, उनले दिवङ्गत नेत्रीको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending