Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

खबरडबली संवाददाता

ढाका । बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व्यक्त गरेकी छिन् ।

अवामी लिगको आधिकारिक पोस्टमार्फत जारी गरिएको शोक सन्देशमा शेख हसिनाले भनेकी छिन्, “म बिएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनमा गहिरो समवेदना प्रकट गर्दछु । बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा तथा लोकतन्त्र स्थापनाको सङ्घर्षमा उहाँले निर्वाह गर्नुभएको भूमिकाका कारण राष्ट्रका लागि उहाँको योगदान महत्त्वपूर्ण थियो र सधैँ स्मरण गरिनेछ । उहाँको निधनले बङ्गलादेशको राजनीतिक जीवन र बङ्गलादेश नेसनालिस्ट पार्टीको नेतृत्वमा गहिरो क्षति पुगेको छ ।”

शेख हसिनाले दिवङ्गत नेत्रीको आत्माको चिरस्थायी शान्ति र क्षमाका लागि प्रार्थना गर्दै उहाँका छोरा तारिक रहमान, शोकाकुल परिवारका सदस्यहरू तथा सम्पूर्ण बिएनपी परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेकी छिन् । साथै, उनले सर्वशक्तिमान अल्लाहसँग यस कठिन समयमा परिवारजन र समर्थकहरूलाई धैर्य, शक्ति र सान्त्वना प्रदान गरिदिन प्रार्थना गरेकी छिन् ।

बेगम खालिदा जियाको आज बिहान ८० वर्षको उमेरमा राजधानी ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिएनपीले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिअनुसार, उनको फजरको प्रार्थनाको केही समयपछि बिहान ठीक ६ बजे (स्थानीय समय) निधन भएको पुष्टि गरिएको छ । पार्टीले विज्ञप्तिमा उनको आत्माको अनन्त शान्तिका लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेको छ ।

बिएनपीका अनुसार फोक्सोको सङ्क्रमणका कारण नोभेम्बर २३ मा बेगम जियालाई एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि हृदय रोग, मधुमेह, गठिया, लिभर सिरोसिस र मिर्गौला सम्बन्धी जटिलतासहित विभिन्न दीर्घरोगबाट पीडित रहँदै आएकी थिइन् । यस महिनाको सुरुतिर उन्नत उपचारका लागि उनलाई लन्डन पठाइएको थियो, तर स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि पुनः ढाकामै उपचार जारी रह्यो ।

उनका छोरा तथा बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान स्वर्गीय आमालाई श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल आइपुगेपछि आज बिहान अस्पताल बाहिर ठूलो सङ्ख्यामा समर्थक र शोकाकुल नागरिकहरू भेला भएका थिए ।

यसैबीच, बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि बेगम खालिदा जियाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत नेत्रीलाई राष्ट्रको ‘महान संरक्षक’ तथा बङ्गलादेशको लोकतान्त्रिक इतिहासमा एक अग्लो व्यक्तित्वको रूपमा स्मरण गरेका छन्।

एक्समा पोस्ट गरिएको शोक सन्देशमा युनुसले तीन पटककी पूर्वप्रधानमन्त्रीको निधनले आफू गहिरो शोकग्रस्त भएको उल्लेख गर्दै यसलाई राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन् । उनले भनेका छन्, “बेगम खालिदा जिया केवल एक राजनीतिक दलकी नेता मात्र होइनस उहाँले बङ्गलादेशको इतिहासको एक महत्त्वपूर्ण अध्यायको प्रतिनिधित्व गर्नुभयो ।” उनको लामो राजनीतिक सङ्घर्ष र नेतृत्वसँग जोडिएका जनभावनाहरू सधैँ सम्मानका साथ स्मरण गरिने युनुसले उल्लेख गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बङ्गलादेशकी पूर्वप्रधानमन्त्रीको निधनमा शोक व्यक्त गरेका छन्छ । सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री मोदीले बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा खालिदा जियाले देशको विकास र भारत–बङ्गलादेश सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले सन् २०१५ मा ढाकामा उनीसँग भएको न्यानो भेटको सम्झना गर्दै भनेका छन्, “बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उहाँको योगदान सधैँ स्मरणीय रहनेछ । उहाँको दर्शन र विरासतले भारत–बङ्गलादेश साझेदारीलाई भविष्यमा पनि मार्गदर्शन गरिरहनेछ ।” साथै, उनले दिवङ्गत नेत्रीको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE