Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

खबरडबली संवाददाता

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । 

रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरु आहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ ।

मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । लेकसाइडको साढे तीन किमी सडकमा महोत्सव चलिरहेको छ । आइतबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्ने आयोजक रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा यस महोत्सव २७औँ संस्करणसम्म आइपुगेको उनको भनाइ छ । यस वर्षको महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताए । 

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल मन्त्रका साथ महोत्सव आयोजना गरिएको हो । “आयोजक रेवान भए पनि यो सबै पर्यटन व्यवसायी र पोखरेलीहरुको उत्सव हो”, उनले भने, “महोत्सवमा संस्कृति र सङ्गीतको समायोजन गरिएको छ, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका सडक महोत्सव सफल हुने हाम्रो विश्वास छ ।”

नयाँ वर्षको स्वागतका लागि बुधबार राति स्थानीय गोमागाने पार्कमा विशेष साङ्गीतिक उत्सवको आयोजना गरिएको छ । जहाँ पोखराली ब्यान्ड डी–मर्चा, लेकाली, देउराली, एक्स नेपथ्यलगायत गुञ्जिने भएका छन् । महोत्सवमा हस्तकला सामग्री र कृषि उपजलाई बिक्री तथा प्रदर्शनमा राखिएको छ । पोखराको पहिचान झल्काउने वृत्तचित्र र तस्बिर प्रदर्शनी भइरहेको छ ।

सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि र खेलकुदको समेत आयोजना गरिएको छ । सिन्धुलीको पञ्चेबाजा, थारू नाचसहित गुरुङ, मगरहरुको सांस्कृतिक नाच र गीतले महोत्सवमा मौलिकता थपेको छ । सोमबार ‘जिम्मेवार पर्यटन’ विषयमा विज्ञहरुसहितको सडक बहस आयोजना गरिएको थियो । वेटर्स दौड, डुङ्गा दौड जस्ता प्रतियोगिताले महोत्सवमा दर्शक आकर्षित गरेको छ । आज ल्होसार विशेष कार्यक्रमसहित साँझ ‘स्वप्न सुमन र केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रस्तुति दिँदैछ । बुधबार मध्यरातमा विशेष साङ्गीतिक उत्सवसहित सन् २०२६ लाई स्वागत गरिनेछ ।

विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रुपमा स्थापित भएको होटल सङ्घ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनले अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ रहेको बताए । 

पोखरामा हाल एकै रातमा झण्डै ४० हजार पर्यटकलाई राख्न सक्ने होटलहरुको क्षमता छ । सडक महोत्सवलाई लक्ष्य गरेर पोखरामा रात्रिकालीन बस सेवासमेत सञ्चालन गरिएको छ । लेकसाइडका डिस्को, बार, क्लब जस्ता मनोरञ्जनस्थल चौबिसै घण्टा खुला गरिएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाएको बताए । 

उनले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरुको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सडक महोत्सवले आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताए । “पोखरामा हुने यस्ता उत्सवहरुले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्छ, पर्यटन फस्टायो भने आर्थिक अवसर सिर्जना हुन्छ, पोखराको आर्थिक रुपान्तरणको प्रमुख स्रोत पर्यटन हो”, उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: