Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

खबरडबली संवाददाता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवमा विनियोजित बजेटबाट सरकारले हालसम्म चार लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न बोलपत्र आह्वान गरेकामा दुई लाख ४३ हजार मेट्रिक टन कृषकलाई वितरण गरिसकिएको छ । त्यसैगरी चालु आर्थिक वर्षको पछिल्लो साढे पाँच महिनासम्म ८३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।

नेपाल सरकारबाट अनुदानप्राप्त रासायनिक मल वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन मल वितरण सूचना प्रणालीलाई परिमार्जित गरी देशभरका किसान आफैँले स्थानीय तहहरुमार्फत सहकारी संस्थाबाट वितरण भएको मलको विवरण हेर्न सक्ने गरी मन्त्रालयको वेबसाइटबाट सार्वजनिक गरिएको कृषिमन्त्री डा मदनप्रसाद परियारले जानकारी दिए। यसबाट मलखाद वितरणमा देखिएका गुनासा सम्बोधन हुने उनको भनाइ छ ।

मन्त्रालयले आगामी धान रोप्ने याममा लागि थप ६० हजार मेट्रिक टन मलखाद व्यवस्थापन गर्न आवश्यक पर्ने अतिरिक्त रकमका लागि अर्थ मन्त्रालयमा अनुरोध गरेको छ । कृषि मन्त्रालयले थप मलखाद व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा अनुरोध गरी पठाएकामा स्रोत सहमति प्राप्त भएकाले अर्को आवका लागि खरिद प्रक्रिया अगाडि बढाएको छ । विभिन्न ठाउँबाट मल वितरणका क्रममा भेदभावका कुरा सुन्नमा आएकामा कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयमा स्थानीय तहको निर्देशानुसार मन्त्रालयले कोटाको मल कुनै पनि जातीय, सांस्कृतिक, साम्प्रदायिक भेदभाव नहुने गरी समान रुपमा बिक्री वितरण गर्न/गराउन निर्देशन दिएको छ ।

त्यसैगरी उखु किसानको आन्दोलनको माग, वार्ता समितिको प्रतिवेदन, मन्त्रालयमा विभिन्न चरणमा उखु किसान र चिनी उद्यमीसँग भएको छलफल तथा कृषकसँगको स्थलगत भेटघाटबमोजिम आव २०८२/८३ मा उखुको न्यूनतम खरिद मूल्य अहिलेसम्मकै उच्च प्रतिक्विन्टल रु ६२० र थप अनुदान रकम रु ७० निर्धारण गरी उखु किसानको असन्तुष्टि सम्बोधन गरेको छ ।

उखु उत्पादक किसान तथा चिनी उद्यमीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयको प्रतिनिधित्व रहेको एक उच्चस्तरीय समिति गठन भई आवश्यक कार्य प्रारम्भ भएको कृषि मन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending