Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको र अब पार्टी पूर्ण भएको बताएका छन्।

बुधबार राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कमल थापाले पार्टी छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको बताए।

‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो,’ लिङ्देनले भने, ‘उहाँले पार्टी छाडेर जानुभयो, म पार्टीको अध्यक्ष। रोएर हिँड्न पनि मिलेन, कमल दाइ नभएर पार्टी चल्दैन भन्न पनि मिलेन। उहाँ नभए पनि चल्छ भन्नुपर्‍यो, र चलायौं पनि।’

तर मनभित्र भने निरन्तर रिक्तता महसुस भइरहेको उनले स्वीकार गरे। ‘आज त्यो रिक्तता पूरा भएको छ। पहिले सबै जना बेखुसीजस्तो देखिनुहुन्थ्यो, आज सबै खुसी हुनुहुन्छ। सबैभन्दा बढी म खुसी छु,’ उनले भने।

अध्यक्ष लिङ्देनले पार्टी कसैले पनि एक्लै चलाउन नसक्ने भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टी अध्यक्षको हैसियतले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी आफूले लिने पनि उनले बताए।

‘कोही एक्लैले पार्टी चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो,’ उनले भने, ‘पार्टी अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने जिम्मेवारी मेरो हो। यसमा तपाईंहरूले अन्यथा सोच्नु पर्दैन।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा अनिश्चितकालका लागि स्थगित

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वित...

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । ...

६६ जिल्लाका लागि एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सकियो

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  ...

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएको छन्।  महाशिवर...

म सुरुमा आगन्तुक भएँ, अब मधेशी परिवारको अंग बन्ने क्रम सुरु भयो: गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर चुनावी अभियान सुरु गर्दा आफू सुरुमा “आगन्तुकजस्तो” देखिएको भए पनि अहिले मधेशी परिवारको अंग बन्...

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख ...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट राप्रपा पछि हट्यो, प्रदेश खारेजको पक्षमा अडिग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूप सम्बन्धी आफ्नो पूर्व एजेन्डालाई चुनाव केन्द्रित...

राप्रपाको ‘संकल्प पत्र’ सार्वजनिक : राजसंस्थासहित दुई तहको शासन प्रणालीको प्रस्ताव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी के...

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग शाख जोगाउने नेपालको अपेक्षा

काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालको प्रदर्शन नतिजाका हिसावले सन्तोषजनक छैन ।  नेपालले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा दुई पट...

हेटौँडामा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE