Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा अनिश्चितकालका लागि स्थगित

खबरडबली संवाददाता

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जिल्ला प्रशासनले जनाएको छ । 

सेवाग्राहीको विवरण रुजु गर्ने कम्प्युटरमा समस्या देखिएको र राहदानी विभागबाट उक्त कम्प्युटर मर्मत भई नआएसम्म सेवा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताए। गौतमका अनुसार राहदानी विभागले कार्यालयलाई विवरण प्रविष्ट गर्ने र राहदानी वितरण गर्ने गरी दुई वटै कम्प्युटर उपलब्ध गराएको थियो । उनले भने, “सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त सिस्टम अन्य कुनै कम्प्युटरमा चल्दैन । इस्यु गर्ने कम्प्युटर यसअघि नै बिग्रिएर विभागमा पठाइएको थियो । अहिले इनरोलमेन्ट गर्ने कम्प्युटर पनि बिग्रिएपछि सेवा पूर्ण रूपमा रोकिएको हो ।”

सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त आधिकारिक कम्प्युटरमार्फत मात्र सेवा दिन सकिने भएकाले वैकल्पिक व्यवस्था गर्न सम्भव नभएको कार्यालयले स्पष्ट पारेको छ । सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै राहदानी सेवा यथाशीघ्र सुचारु गराउन पहल भइरहेको प्रशासनले जनाएको छ ।

यद्यपि जिल्ला प्रशासन कार्यालय लमजुङले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा मात्रै भने एक हजार १५८ थान राहदानी विवरण दर्ता गरिसकेको छ । कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा एक हजार ९० राहदानी वितरण भएको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending