Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

खबरडबली संवाददाता

माली । माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

दुवै पश्चिम अफ्रिकी देशका विदेशमन्त्रीहरूले छुट्टाछुट्टै बयानमार्फत यस घोषणाको जानकारी दिएका छन् । यसले पश्चिम अफ्रिकी सैन्य सरकारहरू र अमेरिकी प्रशासनबीचको चिसो सम्बन्धमा नयाँ मोड ल्याएको छ ।

डिसेम्बर १६ मा राष्ट्रपति ट्रम्पले माली, बुर्किना फासो, नाइजर लगायत २० बढी देशमा आफ्नो अघिल्लो यात्रा प्रतिबन्ध विस्तार गरेको थियो । यस निर्णयलाई जुन्ताद्वारा सञ्चालित सशस्त्र सङ्गठन र पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायबाट अलग भएको सङ्घ निर्माणसँग सम्बन्धित रहेको बताइएको छ ।

मालीको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “पारस्परिकताको सिद्धान्तअनुसार तत्काल प्रभावबाट अमेरिकी नागरिकहरूमा मालीका नागरिकमाथि लागेका समान सर्त र आवश्यकताहरू लागू गरिनेछ ।”

बुर्किना फासोका विदेशमन्त्री कारामोको जीन–मेरी ट्राओरेद्वारा हस्ताक्षरित बयानमा पनि समान कारणले अमेरिकी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय स्पष्ट गरिएको छ ।

ह्वाइट हाउसले सशस्त्र समूहद्वारा भइरहेका निरन्तर आक्रमणहरूलाई यात्रा प्रतिबन्धको कारणको रूपमा उल्लेख गरेको छ । माली र बुर्किना फासो दुवै देशमा तीव्र गतिमा फैलिएका सशस्त्र समूहलाई नियन्त्रण गर्न सङ्घर्षरत छन् । यस क्षेत्रको असुरक्षाले नागरिक सरकारहरूलाई अपदस्थ गराएको र जुन्ताहरूले सशस्त्र समूहहरूसँग लड्ने वाचा गरेको उल्लेख विज्ञप्तिमा गरिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE