Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्नेक्रम पनि बढेको छ ।

त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत गएका घटना आइरहेका छन् । केही दिनअघिमात्रै आगो ताप्दा कपडामा सल्किएर दुई जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै त्यसरी आगो लाग्दा कपडामा आगो सल्किएर चार जनासहित पाँच जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिसो बढेसँगै आगलागीका घटना बढेको र त्यसबाट मानिसको ज्यान जानेक्रम पनि बढेकाले आगो ताप्दा सावधानी अपनाउन अनुरोध गरेको छ । 

सुरुमा आगो ताप्ने क्रममा सल्किँदा न्यायो नै महसुस हुने र आगो नियन्त्रण बाहिर गएपछि मात्रै थाहा पाउने अवस्थाले मानिसको ज्यान नै जोखिममा पर्ने गरेको आगलागी विज्ञहरू बताउँछन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो २४ घण्टामा त्यसरी कपडामा आगो सल्किएर चारसहित पाँच जना घाइते भएको बताउनुभयो । त्यसैले आगो ताप्दा धेरै नै ख्याल गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ । प्राधिकरणले सार्वजनिक सूचना तथा भिडियो सन्देशमार्फत नै आगलागीबाट जोगिन अनुरोध गर्दै आएको छ । 

आगोले जलेर पाँच घाइते 

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीबाट पाँच जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–४ आँपटार बस्ने चार वर्षीया बालिका आफ्नै घरमा ताप्न बालेको आगोमा परेर घाइते भएकी छिन् । 

यस्तै, सप्तरीको मिर्चैया नगरपालिका–१ मा पनि २५ वर्षीया महिला घुर बालेर बच्चालाई सेक्ने क्रममा साडीबाट आगो सल्किन गई घाइते भएकी छिन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा ४५ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा जनकपुर लगिएको छ । सो क्रममा गोठमा  आगो सल्किन जाँदा एउटा पाडी मरेको र भैँसी घाइते भएको छ । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ मा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ७० वर्षीया वृद्धा गम्भीर घाइते भएकी छिन् । उनको २५ प्रतिशत भाग जलेको र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

विपद्जन्य घटनामा दुईको मृत्यु  

यसैबीच, २४ घण्टामा विपद्जन्य घटनामा अन्य दुई जनाको मृत्यु भएको छ । रुकुमपश्चिम बाफीकोट गाउँपालिका–१ मा भिरबाट खसेको ढुङ्गा लाग्दा २६ वर्षीय एक महिलाको मृत्यु भएको छ । 

यता कञ्चनपुरमा जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने एक महिला स्थानीय हिमचुली वनमा घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending