ताप्लेजुङ। ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्ष उत्पादन भने घटेको हो ।
खोल्सीको ‘कालो सुन’ को उपमासमेत पाएको अलैँचीको उत्पादन गत वर्षको तुलनामा यो वर्ष २४८ मेट्रिक टनले घटेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष दुई हजार २९१ मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत वर्ष दुई हजार ५३९ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रकी बाली विकास अधिकृत मुना न्यौपानेका अनुसार यसवर्ष अलैँची उत्पादन घटे पनि खेतीको क्षेत्र भने बढेको छ । जिल्लामा यो वर्ष कुल चार हजार ५७८ हेक्टर क्षेत्रफल बरबारको खेतीबाट उक्त परिमाणमा अलैँची उत्पादन भएको बाली विकास अधिकृत न्यौपानेले जानकारी दिए ।
गतवर्ष चार हजार ३०४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट दुई हजार ५३९ मेट्रिकटन अलैँची उत्पादन भएको उनले बताए। उनका अनुसार यसवर्ष अलैँची खेतीका लागि मौसम प्रतिकूल भएको अर्थात लामो समयसम्म खडेरी लागेका कारण अलैँचीको बोट र फूल सुकेकाले उत्पादन घटेको हो । यता पछिल्लो समय किसानले नयाँ बिरुवा रोप्ने र बगान (बगैँचा) विस्तार गर्न थालेपछि खेती गरिएको क्षेत्रफल भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसानहरु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुने गर्दछ । यहाँका किसानले रामसाई, चिवेसाई, गोलसाई, डम्बरसाई, भर्लाङलगायत प्रजातिका अलैँची खेती गर्ने गर्दछन् ।
पछिल्लो केही वर्षयता अलैँचीको मूल्य बर्सेनि वृद्धि हुँदै आएको छ । यसवर्षमा पनि चलनचल्तीको (साधारण) अलैँची प्रतिमन (४० किलोग्राम) एक लाख दुई हजार रुपियाँसम्ममा कारोबार भएको छ । हिजोआज भने मूल्य केही घटेर प्रतिमन ९६ हजार रुपियाँमा स्थानीय बजारमा कारोबार हुँदै आएको छ । तत्काल कायम रहेको मूल्यले पनि यसवर्ष ताप्लेजुङमा पाँच अर्ब ४९ करोड ८४ लाख रुपियाँको अलैँची उत्पादन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - १५:५८
काठमाडौँ । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...
श्रावण १६ गते, २०८३ - १५:५२
काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...
श्रावण १६ गते, २०८३ - १५:२६
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...
श्रावण १६ गते, २०८३ - १५:२०
काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...
श्रावण १६ गते, २०८३ - १५:११
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...
श्रावण १६ गते, २०८३ - १४:४८
सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...
श्रावण १६ गते, २०८३ - १४:३३
सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...
श्रावण १६ गते, २०८३ - १४:२६
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...



प्रतिकृया लेख्नुहोस्: