Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्णायक मोड र पार्टीको आधारभूमि बनेको जिल्ला हो। चितवनले उनलाई सिंहदरबार पुर्‍याउने ढोका खोलिदियो मात्र होइन, रास्वपालाई नेपाली राजनीतिमा चौथो शक्तिका रूपमा स्थापित गर्ने जगसमेत तयार गरिदियो।

यद्यपि पछिल्लो समय रास्वपाको प्रभाव देशैभर फैलिँदै गएको देखिन्छ, पार्टीभित्रका नेताहरूका अनुसार त्यसको वास्तविक सुरुवात र आधार भने चितवन नै हो। यही कारण रवि लामिछानेले चितवनलाई विशेष प्राथमिकता दिँदै आएका छन्। पार्टीका अधिकांश महत्त्वपूर्ण कार्यक्रमको सुरुवात चितवनबाट गर्नु, रणनीतिक निर्णयमा चितवनलाई केन्द्रमा राख्नु र चुनावी सन्देश यहीँबाट दिनु त्यसकै संकेत मानिन्छ।

हिरासतबाट राजनीतिसम्म : चितवनसँग जोडिएको मोड

रविको चितवनसँगको सम्बन्ध राजनीतिकभन्दा पहिल्यै भावनात्मक रूपमा गाँसिएको बताइन्छ। टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत चर्चामा रहेका बेला २०७६ साउनमा उनी गम्भीर संकटमा परे। उनीसँगै काम गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि आत्महत्या दुरूत्साहनको आरोपमा रविलाई प्रहरीले पक्राउ गरी चितवन ल्यायो।

पुडासैनीले आत्महत्याअघि सार्वजनिक गरेको भिडियोमा रविमाथि मानसिक तनाव दिएको र पारिश्रमिक नदिएको जस्ता आरोप लगाइएपछि मुद्दा संवेदनशील बनेको थियो। तर, घटनाक्रमले अर्कै मोड लियो। रविको पक्राउपछि चितवनमा सर्वसाधारण सडकमा उत्रिए। हरेक दिनजसो प्रदर्शन हुन थाले, हिरासत परिसर वरिपरि रविको रिहाइको माग गर्दै नाराबाजी भयो।

१४ दिनपछि रवि हिरासतमुक्त हुँदा चितवनमा भएको भीड र समर्थनले उनको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको बताइन्छ। रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठ भन्छन्, “आफू अप्ठ्यारोमा पर्दा चितवनका जनताले देखाएको माया र सद्भावले उहाँलाई यहीँबाट राजनीतिक यात्रा सुरु गर्न प्रेरित गर्‍यो।”

चुनावी राजनीतिमा चितवनको निर्णायक भूमिका

केही समयपछि रवि पुनः टेलिभिजनमै फर्किए पनि प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उनले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे। त्यसको पाँच महिनापछि भएको चुनावमा रास्वपाले चितवन र काठमाडौँलाई मुख्य केन्द्र बनाएर उम्मेदवारी दियो।

चितवनका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपाले प्रत्यक्षतर्फ जित निकाल्यो। रवि स्वयं चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बने। उनले कांग्रेस र एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै इतिहास बनाए।

क्षेत्र नम्बर २ मा खसेको ८३ हजार ९ सय ५६ मतमध्ये रविले ४९ हजार २ सय ६४ मत पाए। कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत मात्र पाए। क्षेत्र नम्बर १ मा हरि ढकाल विजयी भए।

क्षेत्र नम्बर ३ मा भने राप्रपाका विक्रम पाण्डे निर्वाचित हुँदा रास्वपाकी उम्मेदवार जीता बराल तेस्रो स्थानमा सीमित भइन्।

तर समानुपातिकतर्फ चितवनका तीनै क्षेत्रबाट रास्वपा पहिलो दल बन्यो। तीन क्षेत्रबाट पाएको ९९ हजार ३७ मतले रास्वपालाई चितवनको सबैभन्दा बलियो दलका रूपमा उभ्यायो।

उपचुनावले झन् बलियो बनाएको आधार

नागरिकता प्रकरणका कारण रविको सांसद पद गुमेपछि चितवन–२ मा २०८० वैशाखमा उपचुनाव भयो। त्यहाँ पनि रविले ५४ हजारभन्दा बढी मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई सहजै हराए। यो परिणामले चितवनमा रविको व्यक्तिगत लोकप्रियता र रास्वपाको संगठनात्मक पकड अझ बलियो बनाएको विश्लेषकहरू बताउँछन्।

आगामी चुनाव र चितवन केन्द्रित रणनीति

अब फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनलाई लिएर रास्वपाले चितवनलाई पुनः आधार इलाका बनाएको देखिन्छ। समानुपातिक उम्मेदवारको सूचीमा चितवनसँग जोडिएका अनुहार बढी देखिनु त्यसकै संकेत हो।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग एकता भएपछि निर्वाचन क्षेत्र साटफेरको चर्चा पनि चुलिएको छ। यही सन्दर्भमा उपसभापति स्वर्णिम वाग्ले र सांसद सोविता गौतमको ध्यान चितवनतर्फ केन्द्रित भएको बताइन्छ।

पार्टीका एक पदाधिकारीका अनुसार स्वर्णिम वाग्ले चितवन–१ र सोविता गौतम चितवन–३ बाट उम्मेदवार बन्ने कसरतमा छन्। यदि यो समीकरण मिल्यो भने चितवन–२ बाट रवि लामिछाने नै उम्मेदवार हुने सम्भावना प्रबल देखिन्छ।

बुधबार रवि लामिछानेले स्वयं चितवनबाटै चुनाव लड्ने घोषणा गर्दै भने, “चितवनले मलाई जुन माया र गुन लगाएको छ, हामी यसलाई परिवर्तनको निलो क्रान्तिको उद्गम स्थल र परीक्षण केन्द्रको रूपमा हेर्छौँ। चितवन छोड्ने कुरा सोच्नै सकिँदैन।”

चितवन, जसले एक समय हिरासतमा परेका टेलिभिजन प्रस्तोताका पक्षमा आवाज उठाएको थियो, आज त्यही जिल्ला नयाँ राजनीतिक शक्तिको केन्द्र बन्न पुगेको छ। यही सम्बन्धले रवि लामिछाने र रास्वपाको भविष्य राजनीतिलाई कुन दिशामा लैजान्छ, त्यो भने आगामी चुनावले तय गर्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending