Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ।

गएराति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको पुष्टि भएको छ। साहलाई दुई राउन्ड गोली लागेको बताइएको छ।

घटनापछि आक्रोशित बनेका स्थानीय झण्डै ७ सयको संख्यामा सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन् भने मृतकको शव नै सडकमा राखेर प्रदर्शन गरिरहेका छन्। स्थानीयले दोषी सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन्।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल मात्रै आंशिक रूपमा आवत–जावत भइरहेको छ।

तस्करी नियन्त्रण क्रममा गोली चलेको सशस्त्र प्रहरीको दाबी

सशस्त्र प्रहरी स्रोतका अनुसार मृतक विजय साह आफ्नै सिटी सफारीमा भारतबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्रीसहित नेपालतर्फ आउँदै गरेका थिए। सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरिएको बताइएको छ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन्। उनका अनुसार चोरीको सामान रहेको सवारी रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि एपीएफले जवाफी फायरिङ गरेको हो।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हवल्दारको कमान्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले भारतबाट आउँदै गरेको दुई वटा सिटी सफारीलाई चेकजाँच गर्न खोज्दा सिटी सफारीमा सवार व्यक्तिले दुई राउन्ड गोली चलाएका थिए। त्यसपछि सशस्त्र प्रहरीले बोकेको एसएलआरबाट पाँच राउन्ड गोली फायर गर्दा विजय साहको मृत्यु भएको हो।

घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। अवस्था नियन्त्रणमा लिन प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending