Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

खबरडबली संवाददाता

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्यकाल सकिँदैछ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको पहुँचका कारण भेटी चोरीको संरक्षककर्ता सुवेदीले अनुसन्धान नभइ उन्मुक्ति पाउने भएका हुन्।

भेटी चोरीमा संलग्न अभियुक्तले रंगेहात पक्राउ पर्दा ‘कोषाध्यक्ष नारायण सुवेदीले नै भेटी चोर्न अर्‍हाएको बयान दिएका थिए। उनको कार्यकाल पुस १७ गते सकिँदैछ। तर तत्कालीन नेकपा एकीकृत समाजवादीको निर्वाचन समिति सदस्य समेत रहेका कोषाध्यक्ष सुवेदीले प्रहरीमाथि राजनीतिक दबाब बढाएपछि अनुसन्धान भएन। भेटी चोरी प्रकरणको अनुसन्धानमा खटिएका गौशाला प्रहरीका तत्कालीन एक अधिकृतले ‘सुवेदीलाई नछुन माथिबाटै दबाब आएपछि’ अनुसन्धान गर्न नसकिएको बताए।

महाशिवरात्रि पर्वमा आफ्नै सम्धिनीलाई रंगरोगनको ठेक्का दिलाउने, जुत्ता चप्पलको झोला, बागमती नदीको बालुवा सम्याउनेसहित विभिन्न आर्थिक अपचलनमा परेका सुवेदी पुनः कोषाध्यक्ष बन्न सिंहदरबार धाउने गरेको छन्।

२०८१ जेठ ७ गते पशुपतिनाथ मन्दिरभित्रै भेटी चोर्दा चोर्दै मन्दिर परिसरबाट अभियुक्तहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो। भेटी चोरीमा संलग्न कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियारले कोषाध्यक्ष सुवेदीले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका थिए। ‘सीसीटीभी छ, हामी यस्तो काम नगर्ने भन्दा केही हुँदैन, कसैले देख्दैन गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका थिए।

नेकपा एमालेको कर्मचारी संगठनमा हुँदा नै पूर्वप्रधानमन्त्री नेपालसँग नजिकिएका कोषाध्यक्ष सुवेदीको नैतिक र आर्थिक आचरणका सन्दर्भमा पनि तत्कालीन नेकपा एकीकृत समाजवादीका नेताहरूसम्म गुनासो पुगेको थियो। तर कुनै कारबाही भएन।

भेटी चोरीमा संलग्न कोषका तत्कालीन नायब सुब्बा नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत नवराज घिमिरे, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलगायत पक्राउ परेका थिए। परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन्। कोषाध्यक्ष सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री एवं तत्कालीन एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले नियुक्त गरेका हुन्।

सम्धिनीलाई ठेक्का 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफ्नै सम्धिनीलाई पशुपति क्षेत्र विकास कोषले निकालेको टेण्डरमार्फत ठेक्का दिएका छन्। कोषाध्यक्ष सुवेदीले २०७९ को महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिर र मन्दिर परिसरमा रगरोगन गर्ने ठेक्का आफ्नै सम्धिनी शशिकला पराजुलीलाई दिएका हुन्। खुला प्रतिस्पर्धाबाट ठेक्का दिनुपर्ने भए पनि कोषाध्यक्ष नारायण सुवेदीले आफ्नो पहुँचकै आधारमा सम्धिनीलाई ठेक्का सुम्पिएका हुन्। २०७९ को महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिरमा रंगरोगन गर्नका लागि ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। टेण्डर गरेर काम गराउँदा २७ लाख रुपैयाँ खर्च भएको थियो।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१, ठेगाना भएको एफएए सप्लायर्स प्राइभेट लिमिटेडमार्फत रंगरोगनको भुक्तानी गरेको देखिन्छ। एफएए सप्लायर्स प्रालि कोषाध्यक्ष सुवेदीकी सम्धिनी शशिकला पराजुलीकै नातेदारको कम्पनी रहेको खुलेको छ। शशिकलाले ठेक्का लिएपछि रंगरोगनको सम्पूर्ण काम आफै गराएकी थिइन्। साथै ठेक्कामा गरिएको प्रतिवद्धता विपरीत कमसल खालको जुत्ता चप्पलको झोला खरिद गरेपछि कोषाध्यक्ष सुवेदीले आर्थिक अपचलन गरेको खुलेको थियो। तर उनीमाथि अनुसन्धान भएन। कोषको आर्थिक महाशाखाका कर्मचारीबाट चेक लिने, साट्नेदेखि श्रमिकलाई भुक्तानी दिनेसम्मको काममा कोषाध्यक्ष सुवेदीको संरक्षणमा शशीकलाले नै गरेकी थिइन्। कोषको आर्थिक महाशाखाका कर्मचारीले पनि नारायण सुवेदीले आफ्नै सम्धिनीलाई ठेक्का दिएको पुष्टि गरेको थिए। यस विषयमा बुझ्न सुवेदीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending