काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ ।
पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए/नमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए । उनले बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको बताए ।
आयोगमा पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । सूचीअनुसार औसतप्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दल १० रहेका आयोगले जनाएको छ ।
आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएका थिए पनि बन्दसूची पेस गर्ने ६४ दल मात्रै भएका छन् । आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिए ।
आयोगमा यो प्रणालीको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि र कानुनी क्षेत्रका विज्ञहरू कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १४:२४
खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...
बैशाख १२ गते, २०८३ - १४:१३
काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...
बैशाख १२ गते, २०८३ - १३:५७
काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...
बैशाख १२ गते, २०८३ - १३:३९
काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव...
बैशाख १२ गते, २०८३ - १३:२६
काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...
बैशाख १२ गते, २०८३ - १३:२६
काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...
बैशाख १२ गते, २०८३ - १३:०९
काठमाडौं । बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्तीका संरचनाहरू सरकारले भत्काएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका...
बैशाख १२ गते, २०८३ - १२:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराएसँगै अब गैरीगाउँ क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलाउने तयारी गरेको छ। ...
बैशाख १२ गते, २०८३ - १२:३७
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती शनिबार बिहानदेखि खाली हुन थालेको छ। बिहान ८ बजेदेखि डोजर सञ्चालन गरिएसँगै बस्ती हटा...
बैशाख १२ गते, २०८३ - १२:१९
प्यूठान। जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूल...


प्रतिकृया लेख्नुहोस्: