Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

खबरडबली संवाददाता

वासिङ्टन । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताएका छन् । उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गरे ।

रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द–ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको हो । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगहरूको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गरे ।

“यहाँ रहेका प्रमाणहरूले राष्ट्रपति ट्रम्प नै यस षड्यन्त्रका मुख्य व्यक्ति भएको स्पष्ट देखाउँछन् । यी सबै काम उहाँको फाइदाका लागि गरिएको थियो । क्यापिटलमा भएको आक्रमण पनि उहाँ बिना सम्भव थिएन”, स्मिथले भने । उनले आफ्नो कार्यालयको काम कुनै पनि हालतमा राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पारे ।

डिसेम्बर १७ मा निजी रूपमा गरिएको उक्त बयान सार्वजनिक गवाहीका रूपमा दिन अनुरोध गरिए पनि बन्द ढोकामै सम्पन्न भएको थियो । विशेष सल्लाहकार पदबाट हटेपछि क्यापिटल हिलमा स्मिथको यो एकमात्र उपस्थिति हो । यसले न्याय मन्त्रालयका पछिल्ला दुई ठूला अनुसन्धानबारे सार्वजनिक बुझाइ थप स्पष्ट बनाएको छ ।

ट्रम्पमाथि २०२० को चुनाव उल्ट्याउने षड्यन्त्र र फ्लोरिडास्थित मार–ए–लागो निवासमा गोप्य कागजात अवैध रूपमा राखेको अभियोग लगाइएको थियो । तर २०२४ को चुनावमा ट्रम्प पुनः निर्वाचित भएपछि न्याय मन्त्रालयको नीतिका आधारमा दुवै मुद्दा खारेज गरिएको थियो ।

स्मिथले ट्रम्पविरुद्ध सङ्कलन गरिएका प्रमाणहरू सजाय दिलाउन पर्याप्त बलिया रहेको आफ्नो विश्वास दोहोर्‍याए । उनका अनुसार जनवरी ६ सम्बन्धी मुद्दा ट्रम्पकै सहयोगी र समर्थक रिपब्लिकनहरूको गवाहीमा आधारित थियो, जसले पार्टीभन्दा माथि देशलाई प्राथमिकता दिएका थिए ।

क्यापिटल दङ्गाबारे बोल्दै स्मिथले भने, “प्रमाणहरूले देखाउँछन् कि राष्ट्रपति ट्रम्पले यस अवस्थाको कारण बनाउनुभयो, त्यसको पूर्वानुमान गर्न सक्नहुन्थ्यो र पछि त्यसको शोषण पनि गर्नुभयो ।”

उनका अनुसार ट्रम्पले चुनाव चोरी भएको झूट फैलाउँदै समर्थकहरूलाई उत्तेजित पारे, उनीहरूलाई क्यापिटलतर्फ मोडे र हिंसा सुरु भएपछि रोक्न सक्रिय कदम चाल्न अस्वीकार गरे ।

स्मिथले दङ्गाका क्रममा ट्रम्प र रिपब्लिकन सांसदहरूबीचको सम्पर्क पनि मुद्दाको महत्त्वपूर्ण हिस्सा भएको बताए । फोन रेकर्ड सङ्कलन तथा विश्लेषण वैधानिक र कानूनअनुसार गरिएको भन्दै त्यसप्रति उठेको आक्रोश ट्रम्पतर्फ नै निर्देशित हुनुपर्ने उनको भनाइ थियो ।

स्मिथको बयानले जनवरी ६ को क्यापिटल दङ्गामा ट्रम्पको भूमिकालाई केन्द्रमा राख्दै त्यस घटनाको जिम्मेवारीबाट उनी अलग हुन नसक्ने सन्देश स्पष्ट रूपमा दिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending