Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

थारु बस्तीमा माघीको तयारी

खबरडबली संवाददाता

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ ।

यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका-७ शुक्रबारका रमा चौधरीले बताइन् ।

उनले भनिन्, “माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याएका छौँ । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने र पिसाउने काम पनि सुरु भएको छ ।”

खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गरेर माघेसङ्क्रान्तिका दिनदेखि चार-पाँच दिनसम्म माघ पर्व मनाउने प्रचलन रहेको छ ।

घोराही-२ का सुशील चौधरीले थारु समुदायले माघमा गाउँको मुखिया, घरमूली चुन्ने, चौकीदार, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिने गरिएको बताए । वर्षभरि गरेका कामको समीक्षा र आगामी कार्ययोजना बनाउने पर्वका रूपमा पनि माघीलाई लिने गरिएको उनले सुनाए ।

थारु समुदायका पुरुषले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने प्रचलन छ ।

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिने र घरमा खिचडी दान गर्ने प्रचलन रहेको छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ ।

यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याउने गरिएको थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताए । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्याउने प्रचलन छ”, उनले भने ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका मानिस जम्मा भई बङ्गुर, सुँगुर मारेर (थारु भाषामा जिता मार्ना) बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खानुका साथै यस अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ ।

घोराही-६ का थारु अगुवा भीमबहादुर चौधरीका अनुसार थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ ।

पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब शुरू गर्ने चलन छ । माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिने उनले उल्लेख गरे ।

माघी महोत्सवको तयारी

माघ नजिकिदै गएसँगै थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले धमाधम सांस्कृतिक महोत्सव आयोजना गर्न थालेका छन् । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस १९ गते घोराही उपमहानगरपालिका-१५ सहिद पार्कमा माघ महोत्सव हुने भएको छ ।

थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष चौधरीले भने, “थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघी महोत्सवको आयोजना गरिएको हो ।”

यसै अवसरमा थारु सम्वत् २६४९ आयोजना गरिने भएको छ । थारू समुदायको मौलिक कला, संस्कृति, वेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले बताए।

महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेटिने आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवमा थारु परिकारहरू घोंघी, माछा, गङ्गटा, ढिक्री, अनदीको रोटीलगायत परिकारको बिक्री तथा वितरण गरिनेछ । साथै, थारू भाषाका विभिन्न पुस्तक र हस्तकलाका सामग्री पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending