Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

मदुरो वार्ताका लागि खुला, सीआइए हमलामा मौन

खबरडबली संवाददाता

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफ्नो देश खुला रहेको स्पष्ट पारेका छन् । तर गत साता भेनेजुएलाको एक डक क्षेत्रमा भएको कथित सीआइए नेतृत्वको ड्रोन हमलाबारे भने उनले तत्काल टिप्पणी गर्न अस्वीकार गरेका छन् । बिहीबार राज्य टेलिभिजनमा प्रसारित नयाँ वर्षको पूर्वसन्ध्यामा रेकर्ड गरिएको अन्तर्वार्तामा मदुरोले यी धारणा सार्वजनिक गरेका हुन् ।

स्पेनी पत्रकार इग्नासियो रामोनेटसँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गराउने उद्देश्य राखेको र त्यसका लागि महिनौँदेखि दबाब अभियान सञ्चालन गरिरहेको आरोप लगाए । उनका अनुसार अगस्टदेखि क्यारिबियन सागरमा गरिएको ठूलो सैन्य तैनाथी त्यसैको हिस्सा हो, जसको अन्तिम लक्ष्य भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच प्राप्त गर्नु हो ।

“उनीहरूले के खोजिरहेका छन् भन्ने कुरा स्पष्ट छ”, उनले भने, “धम्की, दबाब र बल प्रयोग गरेर आफूलाई थोपर्ने प्रयास भइरहेको छ ।” उनले अब दुवै देशले भावनामा होइन, तथ्य र तथ्याङ्कका आधारमा गम्भीर रूपमा वार्ता गर्नुपर्ने समय आएको बताए ।

राष्ट्रपति मदुरोका अनुसार यदि अमेरिकी सरकार साँच्चिकै लागुऔषध तस्करीसँग लड्न चाहन्छ भने भेनेजुएला सहकार्यका लागि पूर्ण रूपमा तयार छ । “अमेरिकी सरकारलाई यो कुरा थाहा छ”, उनले भने, “यदि उनीहरू इमानदारीपूर्वक सम्झौता गर्न चाहन्छन् भने हामी तयार छौँ ।”

साथै, अमेरिकालाई तेल आवश्यक परेमा भेनेजुएला अमेरिकी लगानीका लागि पनि खुला रहेको उनले स्पष्ट पारे । “शेभरनजस्ता कम्पनीहरू जब, जहाँ र जसरी चाहन्छन्, लगानी गर्न सक्ने वातावरण हामी दिन सक्छौँ”, उनको भनाइ थियो ।

हाल शेभरन कर्पोरेसन भेनेजुएलाबाट कच्चा तेल अमेरिका निर्यात गर्ने एकमात्र प्रमुख कम्पनी हो । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको छ ।

यो अन्तर्वार्ता टेप गरिएको दिन नै अमेरिकी सेनाले पाँचवटा कथित लागुऔषध तस्कर डुङ्गामाथि आक्रमण गरेको घोषणा गरेको थियो । ट्रम्प प्रशासनका अनुसार यस्ता आक्रमणको कुल सङ्ख्या ३५ पुगेको छ र कम्तीमा ११५ जनाको मृत्यु भइसकेको छ, जसमा भेनेजुएलाका नागरिक पनि परेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमणलाई अमेरिकामा लागुऔषधको प्रवाह रोक्न आवश्यक कदम भन्दै औचित्य पुष्टि गरेका छन् । उनले अमेरिका लागुऔषध गिरोहहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा रहेको दाबी पनि गरेका छन् । प्रारम्भमा भेनेजुएलाको क्यारिबियन तटबाट सुरु भएका यी आक्रमणहरू पछि पूर्वी प्रशान्त महासागरसम्म विस्तार भएका छन् ।

यसैबीच, गत साता भेनेजुएलाका लागुऔषध गिरोहहरूले प्रयोग गर्ने विश्वास गरिएको एक डकिङ क्षेत्रमा भएको ड्रोन हमलाको पछाडि सीआइएको भूमिका रहेको दाबी गरिएको छ । अपरेसनबारे जानकारी भएका दुई व्यक्तिले विषय संवेदनशील र वर्गीकृत भएकाले नाम नछाप्ने सर्तमा यस्तो बताएका हुन् । डुङ्गामाथि आक्रमण सुरु भएयता भेनेजुएलाको भूमिमा भएको यो पहिलो प्रत्यक्ष अपरेसन मानिएको छ, जसले अमेरिकी प्रशासनको दबाब अभियानलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ । यसअघि नै मदुरोमाथि अमेरिकाले नार्को–आतङ्कवादको आरोप लगाउँदै आएको छ ।

भेनेजुएलाको भूमिमा गरिएको उक्त अपरेसनबारे सोधिएको प्रश्नमा राष्ट्रपति मदुरोले ‘केही दिनमा यसबारे बोल्न सक्ने’ मात्र प्रतिक्रिया दिएका छन् । उनको यो मौनताले आगामी दिनमा भेनेजुएला–अमेरिका सम्बन्ध कुन दिशातर्फ जान्छ भन्ने चासो थप बढाएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending