म्याग्दी । कालोपत्रे गरेको एक महिना पनि नबित्दै म्याग्दीको एउटा सडक भत्किएपछि सरोकारवाला निकाय र ठेकेदारले फेरि मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत करिब २३ करोड ३२ लाख लागतमा बनेको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक महिना दिनमै उप्किएर खाल्डैखाल्डा भएपछि चौतर्फी आलोचना भएको थियो।
सडकको गुणस्तरमा गम्भीर प्रश्न उठेपछि आइतबार जिल्ला समन्वय समितिले सरोकारवालाको बैठक डाकेको थियो। जिससकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा बसेको बैठकमा सडक डिभिजन कार्यालय बागलुङ र निर्माण व्यवसायीले गल्ती स्वीकार गर्दै सुधार गर्ने बताएका छन्। बैठकले सडक डिभिजन कार्यालयले निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्नुपर्ने र अहिलेसम्म भएका कामको अनुगमन गरी त्रुटि सच्याउने निर्णय गरेको छ।
उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको साढे चार किलोमिटर सडकमा हालै दोस्रो चरणको कालोपत्रे सकिएको थियो। तर, सडकमा बिछ्याइएको चिप्स (गिटी) अलकत्राले नसमातेपछि कालोपत्रे उप्किएको हो। वडा नम्बर २ का अध्यक्ष यामबहादुर कार्कीका अनुसार सडकको बेसमा भएको धुलोका कारण अलकत्रा राम्रोसँग जम्न नपाउँदा कालोपत्रे भत्किएको हो। यसअघि पुस ४ गतेको सार्वजनिक सुनुवाइमा पनि स्थानीयले सडकको गुणस्तरलाई लिएर चर्को विरोध गरेका थिए।
गजेन्द्र–नयाँबाटो जेभीले ठेक्का लिएको यो सडकमा नौ मिटर फराकिलो बनाएर सात मिटरमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने सम्झौता छ। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले चिसोका कारण अलकत्रा जमेको र गर्मी बढेपछि पग्लिएर चिप्स समात्ने दाबी गरे।
यद्यपि, गर्मीयाममा पनि सडकको अवस्था नसुध्रिए ठेकेदारलाई पुनः गुणस्तरअनुसार बनाउन लगाएर मात्र आयोजना बुझ्ने उनले बताए। निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँले पनि गर्मी बढेपछि बिटुमिन सेट हुने दाबी गर्दै त्यसो नभए सडक मर्मत गरेर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: