काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्मचारी भक्तपुरको गुन्डुस्थित ओली निवासमै पुगेर बयान संकलन गरेका हुन् ।
ओलीले आयोगको टोलीलाई पहिले नै तयार पारिएको लिखित बयान बुझाएका थिए । आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओली निवासमै पुगेर बयान लिइएको पुष्टि गर्दै भने, “उहीँ (गुन्डु) गएर बयान लिइएको हो।” आयोगको टोली करिब डेढ घण्टा ओली निवासमा बसेको थियो । टोलीले मौखिक रूपमा कुरा सुने पनि औपचारिक बयान भने लिखित रूपमै लिइएको जनाइएको छ ।
यसअघि ओलीले आयोगमा उपस्थित भएर बयान नदिने अडान लिँदै आएका थिए । तर केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा उनले ‘बयान लिनु भए निवासमै पठाइदिनु’ भन्ने सन्देश दिएका थिए । सोहीअनुसार आयोगको टोली गुन्डु पुगेको हो ।
आयोगका अनुसार उक्त घटनासम्बन्धी बयान लिने प्रक्रिया अब सम्पन्न भएको छ । प्रवक्ता शर्माले आयोगले १५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जानकारी दिए । अब प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी भइरहेको उनले बताए ।
यसअघि गत सोमबार आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगमै बोलाएर बयान लिएको थियो । लेखकले बयान दिएपछि उनको स्थानहद फुकुवा गरिएको थियो । गत असोज १२ गते बसेको आयोग बैठकले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको थियो ।
त्यसैगरी अवकाशपछि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि पनि स्थानहद तोकिएको थियो । बयान प्रक्रिया सकिएसँगै ओलीबाहेक सबैको स्थानहद फुकुवा भइसकेको छ । अब ओलीको पनि स्थानहद फुकुवा हुने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: