काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्मचारी भक्तपुरको गुन्डुस्थित ओली निवासमै पुगेर बयान संकलन गरेका हुन् ।
ओलीले आयोगको टोलीलाई पहिले नै तयार पारिएको लिखित बयान बुझाएका थिए । आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओली निवासमै पुगेर बयान लिइएको पुष्टि गर्दै भने, “उहीँ (गुन्डु) गएर बयान लिइएको हो।” आयोगको टोली करिब डेढ घण्टा ओली निवासमा बसेको थियो । टोलीले मौखिक रूपमा कुरा सुने पनि औपचारिक बयान भने लिखित रूपमै लिइएको जनाइएको छ ।
यसअघि ओलीले आयोगमा उपस्थित भएर बयान नदिने अडान लिँदै आएका थिए । तर केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा उनले ‘बयान लिनु भए निवासमै पठाइदिनु’ भन्ने सन्देश दिएका थिए । सोहीअनुसार आयोगको टोली गुन्डु पुगेको हो ।
आयोगका अनुसार उक्त घटनासम्बन्धी बयान लिने प्रक्रिया अब सम्पन्न भएको छ । प्रवक्ता शर्माले आयोगले १५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जानकारी दिए । अब प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी भइरहेको उनले बताए ।
यसअघि गत सोमबार आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगमै बोलाएर बयान लिएको थियो । लेखकले बयान दिएपछि उनको स्थानहद फुकुवा गरिएको थियो । गत असोज १२ गते बसेको आयोग बैठकले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको थियो ।
त्यसैगरी अवकाशपछि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि पनि स्थानहद तोकिएको थियो । बयान प्रक्रिया सकिएसँगै ओलीबाहेक सबैको स्थानहद फुकुवा भइसकेको छ । अब ओलीको पनि स्थानहद फुकुवा हुने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - ०८:०६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ। उनले सबैभन्दा पहिले भेनेजुएलालाई ...
पौष २३ गते, २०८२ - ०८:००
काठमाडौँ । चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् । जनस...
पौष २३ गते, २०८२ - ०७:५४
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा पार्टी विधानको व्याख्या, नेतृत्वको वैधता र आगामी निर्वाचनका विषयमा विवाद नया...
पौष २३ गते, २०८२ - ०७:५०
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढा...
पौष २३ गते, २०८२ - ०७:१३
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ ...
पौष २३ गते, २०८२ - ०७:०८
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्प...
पौष २३ गते, २०८२ - ०७:०५
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य ...
पौष २२ गते, २०८२ - ०९:२२
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...
पौष २२ गते, २०८२ - ०९:२१
पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...
पौष २२ गते, २०८२ - ०९:०६
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...




प्रतिकृया लेख्नुहोस्: