काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका १८ सिटका लागि कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सिट बाँडफाँटका विषयमा नीतिगत सहमति बनेको छ । यद्यपि, सिटको ठोस संख्या भने मनोनयनअघि टुंग्याउने गरी छलफल जारी छ । यस सहकार्यमा मधेशकेन्द्रित दलहरूलाई पनि समेट्ने तयारी गरिएको छ ।
अहिलेसम्मका अनौपचारिक छलफलमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक, एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुन सहभागी छन् । राष्ट्रिय सभा निर्वाचनबारे निर्णय गर्न कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठक र एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । नेकपाले पनि शीर्ष तहमा छलफल गर्ने जनाएको छ ।
कांग्रेसका कार्यवाहक सभापति खड्काले संविधान निर्माण र संरक्षण गर्ने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको भन्दै राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् । एक्लाएक्लै निर्वाचनमा जाँदा पार्टीको अवस्था ठीक भए पनि अन्य दलबीच तालमेल भएमा नतिजा प्रतिकूल हुन सक्ने उनको भनाइ छ । कांग्रेसले प्रारम्भिक रूपमा आठ–नौ सिटको दाबी गरे पनि छलफलका क्रममा संख्या हेरफेर हुन सक्ने जनाइएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेतृत्व तहमा निरन्तर संवाद भइरहेको र दलहरूबीच न्यूनतम सहमति गरेर अघि बढ्ने तयारी भएको बताए । यस्तै, एमाले सचिव डा. राजन भट्टराईले कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दलहरूबीच सहमति निर्माणको प्रयास भइरहेको जनाए । यसले संविधान पक्षधर शक्तिहरू एक ठाउँमा रहेको सन्देश जाने उनको भनाइ छ ।
नेकपाका नेता देव गुरुङका अनुसार सिट बाँडफाँटमा औपचारिक सहमति हुन बाँकी छ । तर, नीतिगत रूपमा सहकार्य गर्ने समझदारी बनिसकेको नेकपाका नेताहरू बताउँछन् । लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले पनि राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा नीतिगत सहमति भएको बताएका छन् ।
सिट बाँडफाँटका विभिन्न प्रस्तावहरू छलफलमा छन् । कांग्रेस पक्षबाट कांग्रेसलाई ८, एमाले ६ तथा नेकपा र जसपा नेपाललाई २–२ सिट दिने प्रस्ताव आएको छ । एमालेले कांग्रेस र एमाले दुवैलाई ७–७ सिट दिने प्रस्ताव राखेको छ भने नेकपाले कांग्रेस ७, एमाले ५, नेकपा ४ र जसपा नेपाल २ सिटको विकल्प अघि सारेको छ ।
२१ फागुनमा १९ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमध्ये १८ सिटमा निर्वाचन हुनेछ भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ । निर्वाचन आयोगले २३ पुसमा मनोनयन दर्ता, २४ पुसमा उजुरी, २७ पुसमा नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् । क्लस्टरअनुसार महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य समूहबाट सांसद चयन हुनेछन् । सबै प्रदेशबाट फरक–फरक संख्यामा प्रतिनिधि चयन हुँदैछन् ।
राजनीतिशास्त्रीहरूका अनुसार प्रमुख दलहरू भविष्यका निर्वाचनमा तालमेलको आधार तयार गर्न अहिले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यतर्फ उन्मुख भएका हुन् । नयाँ दलहरूको उदय र आगामी प्रतिनिधिसभा निर्वाचनको चुनौतीले पनि दलहरूलाई सहकार्यतर्फ प्रेरित गरेको विश्लेषण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: