Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच गठबन्धन हुने निश्चित, १८ सीट कसरी हुँदैछ बाँडफाँट ?

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका १८ सिटका लागि कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सिट बाँडफाँटका विषयमा नीतिगत सहमति बनेको छ । यद्यपि, सिटको ठोस संख्या भने मनोनयनअघि टुंग्याउने गरी छलफल जारी छ । यस सहकार्यमा मधेशकेन्द्रित दलहरूलाई पनि समेट्ने तयारी गरिएको छ ।

अहिलेसम्मका अनौपचारिक छलफलमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक, एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुन सहभागी छन् । राष्ट्रिय सभा निर्वाचनबारे निर्णय गर्न कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठक र एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । नेकपाले पनि शीर्ष तहमा छलफल गर्ने जनाएको छ ।

कांग्रेसका कार्यवाहक सभापति खड्काले संविधान निर्माण र संरक्षण गर्ने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको भन्दै राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् । एक्लाएक्लै निर्वाचनमा जाँदा पार्टीको अवस्था ठीक भए पनि अन्य दलबीच तालमेल भएमा नतिजा प्रतिकूल हुन सक्ने उनको भनाइ छ । कांग्रेसले प्रारम्भिक रूपमा आठ–नौ सिटको दाबी गरे पनि छलफलका क्रममा संख्या हेरफेर हुन सक्ने जनाइएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेतृत्व तहमा निरन्तर संवाद भइरहेको र दलहरूबीच न्यूनतम सहमति गरेर अघि बढ्ने तयारी भएको बताए । यस्तै, एमाले सचिव डा. राजन भट्टराईले कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दलहरूबीच सहमति निर्माणको प्रयास भइरहेको जनाए । यसले संविधान पक्षधर शक्तिहरू एक ठाउँमा रहेको सन्देश जाने उनको भनाइ छ ।

नेकपाका नेता देव गुरुङका अनुसार सिट बाँडफाँटमा औपचारिक सहमति हुन बाँकी छ । तर, नीतिगत रूपमा सहकार्य गर्ने समझदारी बनिसकेको नेकपाका नेताहरू बताउँछन् । लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले पनि राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा नीतिगत सहमति भएको बताएका छन् ।

सिट बाँडफाँटका विभिन्न प्रस्तावहरू छलफलमा छन् । कांग्रेस पक्षबाट कांग्रेसलाई ८, एमाले ६ तथा नेकपा र जसपा नेपाललाई २–२ सिट दिने प्रस्ताव आएको छ । एमालेले कांग्रेस र एमाले दुवैलाई ७–७ सिट दिने प्रस्ताव राखेको छ भने नेकपाले कांग्रेस ७, एमाले ५, नेकपा ४ र जसपा नेपाल २ सिटको विकल्प अघि सारेको छ ।

२१ फागुनमा १९ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमध्ये १८ सिटमा निर्वाचन हुनेछ भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ । निर्वाचन आयोगले २३ पुसमा मनोनयन दर्ता, २४ पुसमा उजुरी, २७ पुसमा नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् । क्लस्टरअनुसार महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य समूहबाट सांसद चयन हुनेछन् । सबै प्रदेशबाट फरक–फरक संख्यामा प्रतिनिधि चयन हुँदैछन् ।

राजनीतिशास्त्रीहरूका अनुसार प्रमुख दलहरू भविष्यका निर्वाचनमा तालमेलको आधार तयार गर्न अहिले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यतर्फ उन्मुख भएका हुन् । नयाँ दलहरूको उदय र आगामी प्रतिनिधिसभा निर्वाचनको चुनौतीले पनि दलहरूलाई सहकार्यतर्फ प्रेरित गरेको विश्लेषण गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

गण्डकी ।  तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाका...

वामदेव, नारायणकाजीसहित यी १९ राष्ट्रिय सभा सांसदको सकिँदैछ कार्यकाल

काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ।  रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन ह...

राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरू भएको कार्यसम्पादन समिति बैठक राष्ट्रिय सभा निर्वाचनमा ...

राष्ट्रिय सभा निर्वाचन- एमालेले टुंग्यायो उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग  तालमेल ...

आमाले सानैमा छाडेर गइन्, जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभि...

भेनेजुएलापछि ट्रम्पले आँखा लगाउन सक्ने पाँच देशहरू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ। उनले सबैभन्दा पहिले भेनेजुएलालाई ...

प्रधानमन्त्रीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

काठमाडौँ । चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् । जनस...

अघि बढे गगन-विश्व, आज विशेष महाधिवेशन आह्वान गर्दै

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा पार्टी विधानको व्याख्या, नेतृत्वको वैधता र आगामी निर्वाचनका विषयमा विवाद नया...

रोजगारी बढाउने गरी काम गछौँ : मन्त्री घिसिङ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending