हिले। क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोक मार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली टोली धनकुटा आइपुगेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर पाँचथरस्थित उत्तर पूर्वी सिमाना चिवा भञ्ज्याङबाट जनावरी १ मा यात्रा सुरु गरेको टोली पाँचथर र तेह्रथुमको यात्रा पूरा गरी धनकुटा आइपुगेको हो ।
क्यान्सर विजेता तथा लिड राइडर हर्क लामाको अगुवाइमा सुरु भएको यस अभियानमा अर्की क्यान्सर विजेता तथा लिड राइडर कविता चित्रकारसहित जम्मा ८ जना साइक्लिङ सहभागी रहेको छ । साइकल यात्राको संयोजन डा। तारा लाल श्रेष्ठले गर्नुभएको छ ।
साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानको मुख्य उद्देश्य धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकका लागि कोष सङ्कलन गर्नु रहेको संयोजन डा। तारा लाल श्रेष्ठले जानकारी दिनुभयो । यात्राको क्रममा टोलीले विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । धनकुटाको लेगुवामा करिब २५ जना महिला दिदीबहिनीहरूलाई लक्षित गर्दै अन्तरक्रियात्मक जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
पश्चिम बैतडीको झुला घाटसम्मको करिब १८ सय किलोमिटर लामो मध्य पहाडी लोक मार्गको यात्रा साइकल मार्फत करिब एक महिनामा पूरा गर्ने लक्ष राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १४:०४
काठमाडौं । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले आफ्नो बस्ती खाली गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै १८ वै...
बैशाख १७ गते, २०८३ - १३:५३
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ । ...
बैशाख १७ गते, २०८३ - १३:४३
वासिङ्टन । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्...
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...


प्रतिकृया लेख्नुहोस्: