हिले। क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोक मार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली टोली धनकुटा आइपुगेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर पाँचथरस्थित उत्तर पूर्वी सिमाना चिवा भञ्ज्याङबाट जनावरी १ मा यात्रा सुरु गरेको टोली पाँचथर र तेह्रथुमको यात्रा पूरा गरी धनकुटा आइपुगेको हो ।
क्यान्सर विजेता तथा लिड राइडर हर्क लामाको अगुवाइमा सुरु भएको यस अभियानमा अर्की क्यान्सर विजेता तथा लिड राइडर कविता चित्रकारसहित जम्मा ८ जना साइक्लिङ सहभागी रहेको छ । साइकल यात्राको संयोजन डा। तारा लाल श्रेष्ठले गर्नुभएको छ ।
साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानको मुख्य उद्देश्य धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकका लागि कोष सङ्कलन गर्नु रहेको संयोजन डा। तारा लाल श्रेष्ठले जानकारी दिनुभयो । यात्राको क्रममा टोलीले विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । धनकुटाको लेगुवामा करिब २५ जना महिला दिदीबहिनीहरूलाई लक्षित गर्दै अन्तरक्रियात्मक जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
पश्चिम बैतडीको झुला घाटसम्मको करिब १८ सय किलोमिटर लामो मध्य पहाडी लोक मार्गको यात्रा साइकल मार्फत करिब एक महिनामा पूरा गर्ने लक्ष राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - १७:१८
काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...
पौष २३ गते, २०८२ - १७:००
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...
पौष २३ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...
पौष २३ गते, २०८२ - १६:२८
लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...
पौष २३ गते, २०८२ - १६:००
हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...
पौष २३ गते, २०८२ - १५:५१
काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...
पौष २३ गते, २०८२ - १५:४२
विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...
पौष २३ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...
पौष २३ गते, २०८२ - १५:०६
काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...
पौष २३ गते, २०८२ - १४:५६
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...




प्रतिकृया लेख्नुहोस्: