Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

खबरडबली संवाददाता

टोकियो। पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आउदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०:१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्त सबैभन्दा बढी प्रभावित  भएको जनाएको छ ।  

विभागका अनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुई वटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमश: १०:२८ र १०:३७ मा प्रहार गरेको थियो । भूकम्पमा घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो ।

भूकम्पले सहरका धेरै घरको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन। एच। के। ले जनाएको छ । छिमेकी टोट्टोरी प्रान्तको सकाइमिनाटो सहरमा स्थानीय प्रहरीले सडकमा दरार परेको खबर प्राप्त गरेको जनाएको छ । भूकम्पको केन्द्रविन्दुबाट दक्षिणमा रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा भूकम्पका कारण दुई जना घाइते भएको रिपोर्टमा उल्लेख छ ।

भूकम्प परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै जेएमएले पश्चिमी टोटोरी प्रान्तमो लामो अवधिको भू-गति अवलोकन गरिएको बताएको छ । लामो अवधिको भू-गतिले ठुला भूकम्पबाट तीव्र, ढिलो र निरन्तर भूकम्पीय छाललाई जनाउँछ, जसले उच्च-वृद्धि भवनलाई हल्लाइ माथिल्लो तलामा रहेका मानिसलाई असर गर्न सक्छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...

गगन थापाको प्रतिबद्धता: बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...

रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले लिए नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...

रास्वपाबाट लमजुङमा धर्म केसी एकल उमेदवार सिफारिस

लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...

धनकुटामा दुई व्यक्ति मृत फेला

हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...

कोशी प्रदेशबाट कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...

हर्क साम्पाङ सुनसरी–१ बाट चुनाव लड्ने

विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग गरे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...

कांग्रेसको विशेष महाधिवेशन तयारीका लागि १८ उपसमिति गठन

काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...

कांग्रेसका विशेष महाधिवेशन पुस २७–२८ मा गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending