काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाँच वर्षपछि हस्ताक्षर गरेका छन्।
जबराको हस्ताक्षरसँगै सो फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो। २०७७ फागुन ११ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको थियो। त्यसबेला अदालतले संक्षिप्त आदेश मात्रै जारी गरेको थियो।
उक्त फैसलामा संलग्न न्यायाधीशहरूमध्ये सपना प्रधान मल्लबाहेक सबै अवकाशमा गइसकेका छन्। फैसला आएको करिब एक वर्षपछि तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो। ९८ जना सांसदले हस्ताक्षर गरी दर्ता गराएको महाअभियोग प्रस्ताव संसदबाट पारित नभएको र औपचारिक रूपमा टुंगो पनि नलागेको भन्दै जबराले फैसलामा हस्ताक्षर गर्न आनाकानी गर्दै आएका थिए।
स्रोतका अनुसार, “उहाँको हस्ताक्षर नआएकै कारण फैसलाको पूर्णपाठ रोकिएको थियो। करिब एक–डेढ महिनाअघि हस्ताक्षर भइसकेको हो। केही प्राविधिक काम बाँकी रहेकाले आज मात्रै सार्वजनिक गरिएको हो।”
फैसलाको पूर्णपाठ १४२ पृष्ठको रहेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक ठहर गर्दै प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य हुने गरी बदर गरेको थियो।
फैसलामा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा ७६ का उपधारा ९९० र ९१००, धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म, मूल्य–मान्यता र विभिन्न संसदीय प्रणाली भएका मुलुकहरूको अभ्यासविपरीत संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटनका लागि सम्माननीय राष्ट्रपतिसमक्ष गरेको २०७७ पुस ५ को सिफारिस तथा सोअनुसार सोही मितिमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ।”
त्यस निर्णयसँगै सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरी बैठक बस्न परमादेशसमेत जारी गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - २०:०५
नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...
पौष २३ गते, २०८२ - १९:५३
काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...
पौष २३ गते, २०८२ - १९:५२
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...
पौष २३ गते, २०८२ - १९:४७
काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...
पौष २३ गते, २०८२ - १९:४३
ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...
पौष २३ गते, २०८२ - १९:४०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...
पौष २३ गते, २०८२ - १९:३६
काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ । जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...
पौष २३ गते, २०८२ - १९:३३
काठमाडाैं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...
पौष २३ गते, २०८२ - १९:१८
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...
पौष २३ गते, २०८२ - १९:०४
काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...




प्रतिकृया लेख्नुहोस्: