Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

प्रधानमन्त्रीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

खबरडबली संवाददाता

काठमाडौँ । चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् ।

जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी छन् । तर प्रधानमन्त्रीले राजीनामा माग्दासमेत उनीहरूले ढिलासुस्ती गरिरहेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी लिएका घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता गराउने निर्णायक बैठकमा खेलकुदमन्त्री गुप्ता पनि सक्रिय थिए । खरेल पनि रास्वपाको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । तर, कुनै पनि दलमा सक्रिय नभएको तीनै मन्त्रीको भनाइ छ ।

सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै उनीहरूका राजीनामा मागेकी छन् । ‘निर्वाचन लड्ने तयारी गरिरहनुभएका साथीहरू निर्वाचनमा भाग लिन र उम्मेदवार हुन स्वतन्त्र हुनुहुन्छ,’ प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको सुरु र अन्तिममा भनेकी थिइन्, ‘तपाईंहरूले सरकारबाट अलग भइदिएर सहयोग गरिदिनुहोला ।’

एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो कि– हामी नागरिक सरकार हौं, बाहिर कुनै एक दलको सरकार भनेर आलोचना हुन थालेको छ, यस्तो राम्रो होइन, तपाईंहरूले अलग हुनु नै राम्रो हुन्छ । मन्त्रीमा बसिरहनु हुँदैन ।’

जेन–जी विद्रोहपछि चुनाव गराउने ‘म्यान्डेट’ सहित २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री भएलगत्तै कार्कीले दिएको अन्तर्वार्तामा आफ्नो मन्त्रिपरिषद्मा कुनै पनि दलसम्बन्धित व्यक्ति मन्त्री नहुने बताएकी थिइन् । उनले चुनाव गराउन बनेको नागरिक सरकार भएको दाबी गरेकी थिइन् । तर घिसिङ, खरेल र गुप्ता राजनीतिक दलमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्की नैतिक संकटमा परेकी हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरूलाई विवेक पुर्‍याएर अलग हुन यसअघि पनि निर्देशन दिएको अर्का एक मन्त्रीको भनाइ छ । ‘सबैजसोले दल विशेषको सरकार भन्न थालिसकेका छन्, सरकार र आउँदो निर्वाचनका लागि यो राम्रो हुँदैन भन्दै मन्त्रीबाट हट्न प्रधानमन्त्रीले भन्नुभएको हो,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सुझाव र निर्देशन दिनुभएको छ, अब बाँकी कुरा मन्त्रीहरूले नै निर्णय लिनुहुन्छ होला ।’

मन्त्री घिसिङले निर्वाचनमा भाग लिन आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । पूर्वऊर्जा सचिव अनुप उपाध्यायको नेतृत्वमा रहेको उक्त दल रास्वपासँग एकीकरण भएको छ र घिसिङ रास्वपाका वरिष्ठ उपसभापति बनिसकेका छन् । उनले रास्वपामा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा १८ जना सांसदको कोटासमेत पाएका छन् ।

तर मन्त्री घिसिङले आफू कुनै पनि दलको सदस्य नभएको दाबी गरे । ‘हालसम्म म कुनै दलको सदस्य छैन,’ उनले मंगलबार साँझ भने, ‘उम्मेदवारी दर्ता गर्ने समय बाँकी नै छ, उम्मेदवार हुनुपर्दा सरकारबाट अलग हुनेछु ।’

रास्वपा, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र मन्त्री घिसिङ एउटै दलमा समाहित हुने भएपछि सञ्चारमन्त्री खरेलले सार्वजनिक रूपमा स्वागत गरेका थिए । मन्त्री पदमा बसेका खरेलले कुनै एक दलको निर्णयलाई स्वागत गरेपछि उनीमाथि पनि सार्वजनिक रूपमै प्रश्न उठेको छ । रास्वपा र काठमाडौंका मेयर शाहबीच १३ पुसमा भएको ७ बुँदे सम्झौतापछि

मन्त्री खरेलले सामाजिक सञ्जालमा ‘नयाँ दिन, नयाँ सुरुवात π सुन्दर र समृद्ध नेपालको सपना ππ गन्तव्य तय हुँदैछ’ भनी लेखेका थिए । यो विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा खरेललाई समेत लक्षित गर्दै राजीनामा मागेकी हुन् ।

मन्त्री खरेलले भने आफू कुनै दलमा नरहेको र चुनाव गराउने एक मात्र लक्ष्य लिएर काम गरिरहेको बताए । ‘म कुनै दलमा संलग्न छैन, दलको कुनै गतिविधिमा पनि गएको छैन, उम्मेदवार भएको छैन, चुनाव उठ्छु भनेको पनि छैन,’ उनले भने, ‘जनताले चुनावमा उठिदिए हुन्छ भनेर चाहना राख्नुभएको कुरा चाहिँ सत्य हो ।’

२८ वर्षका कान्छा मन्त्री गुप्ता रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्तामा सक्रिय थिए । १४ पुसमा रास्वपा र उज्यालो नेपाल पार्टी एकता भएर ७ बुँदे सहमति हुँदा गुप्ता ती दलका नेताहरूसँगै वार्ता स्थलमा थिए ।

कुनै ठाउँमा जाँदैमा र कसैलाई भेट्दैमा दलमा लाग्यो भनेर आरोप लगाउन नहुने तर्क मन्त्री गुप्ताले गरेका छन् । ‘म कुनै दलीय गतिविधिमा संलग्न छैन, न कुनै दलको सदस्यता लिएको छु,’ उनले  भने, ‘निर्वाचनमा कुनै दलसँग आबद्ध भएर लड्ने अवस्था आयो भने सरकारबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गर्छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले माग्यो १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी (सूचनासहित)

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ।  सरकारद्वारा जारी सूचनाअनुसार, प्रह...

लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइ...

मन्त्री पदबाट राजीनामा दिँदै कुलमानले भने– म कुनै दलको सदस्य छैन

काठमाडौँ । करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् । प्रधानमन...

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छ: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्न...

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको...

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुर...

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

गण्डकी ।  तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाका...

वामदेव, नारायणकाजीसहित यी १९ राष्ट्रिय सभा सांसदको सकिँदैछ कार्यकाल

काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ।  रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन ह...

राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरू भएको कार्यसम्पादन समिति बैठक राष्ट्रिय सभा निर्वाचनमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending