काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताएको छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएको हो । उनले नेपालको आर्थिक भविष्यका लागि युरोपेली सङ्घ (इयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिए।
मन्त्री सिन्हाले नेपाल र युरोपेली सङ्घ (इयू) बिचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राख्नु भयो । नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबिचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उनको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनु पर्नेमा जोड दिए।
मन्त्री सिन्हाले भन्नु भयो, ‘नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण विषयहरूमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यो मञ्चले नेपाल र युरोपेली सङ्घबिच अनादिकालदेखि रहिआएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने छ । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नु पर्छ, जसले नेपाललाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सहयोग पुर्याउने छ ।’
कार्यक्रमले नेपाल र युरोपेली सङ्घबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १४:३९
काठमाडौँ। काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ...
बैशाख १५ गते, २०८३ - १४:१४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदान प्रयोगको म्याद थप गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ। त्रिभुवन विश...
बैशाख १५ गते, २०८३ - १३:४९
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छा लाई हिरासतमा राखिएको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ ग...
बैशाख १५ गते, २०८३ - १३:२२
काठमाडौं । २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको खुलासा भएको छ।...
बैशाख १५ गते, २०८३ - १३:११
काठमाडौं। पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक मंगलबार धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ। बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट न...
बैशाख १५ गते, २०८३ - १२:१२
काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताएको छन्। अर्थ मन्त्रालयको अर्थ कार्यक्रमक...
बैशाख १५ गते, २०८३ - ११:५९
कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको म...
बैशाख १५ गते, २०८३ - ११:३९
मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्...
बैशाख १५ गते, २०८३ - ११:१४
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट...
बैशाख १५ गते, २०८३ - १०:५४
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको आयात ह्वात्तै घटेको छ । सिन्धुपाल्च...


प्रतिकृया लेख्नुहोस्: