Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रवि र कुलमानबिच 'वान–टु–वान’वार्ता: के संघीयता, धर्मनिरपेक्षता र समावेशितामा सहमति नजुटेको हो ?

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। सहमति अनुसार उज्यालो पार्टीको माग र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तर रास्वपा कार्यान्वयनको पक्षमा नउभिँदा पूर्णता पाउन सकेको छैन।

मन्त्री पदबाट राजीनामा दिएपछि उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग ‘वान–टु–वान’ भेटवार्ता गरेका छन्। स्रोतका अनुसार, संघीयता, धर्मनिरपेक्षता र समावेशिताका सैद्धान्तिक मुद्दामा लिखित सहमति हुनुपर्ने अडान उज्यालो पक्षले राखेको छ।

सहमति अनुसार उज्यालोले रास्वपा केन्द्रीय समितिमा सम्मानजनक हिस्सेदारी, समानुपातिक सूची संशोधन र प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी पाउने अपेक्षा राख्दै आएको छ। तर केन्द्रीय सदस्यको संख्या र समानुपातिक सूचीमा नाम समावेश गर्ने विषयमा सहमति जुट्न सकेको छैन।

उज्यालो पक्षका अनुसार, समानुपातिक बन्द सूचीमा पठाएका १८ जनाको नाम राख्नुपर्ने र केहीलाई प्राथमिकतामा राख्नुपर्ने माग अस्वीकार गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE