Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

विदेशी मुद्रा सञ्चिति उकासियो, पाँच महिनामै ५ खर्बभन्दा बढीले वृद्धि

खबरडबली संवाददाता

काठमाडौं। चालु आर्थिक वर्षको सुरूआती पाँच महिनामै नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनदेखि मङ्सिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति पाँच खर्ब २३ अर्ब ७९ करोड रुपैयाँले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले बढेर मङ्सिर मसान्तमा ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति मजबुत बनेको देखिन्छ। गत असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा १८.७ प्रतिशतले बढेर २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति २७.४ प्रतिशतले वृद्धि भई तीन खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।

मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।

केन्द्रीय बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ, जसले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै गएको संकेत गर्छ।

यस अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो। शोधनान्तर स्थिति पनि चार खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा पुगेको छ।

त्यस्तै, पाँच महिनामा सात अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा बढी हो।

विश्लेषकहरूका अनुसार रेमिट्यान्स, आयात व्यवस्थापन र बाह्य वित्तीय प्रवाहमा सुधारका कारण देशको बाह्य अर्थतन्त्र क्रमशः स्थिर र बलियो बन्दै गएको देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...

भैरहवामा रुपन्देही–११ को दबदबा कायम, आर्मी ‘ए’ विरुद्ध एकदिवसीय सिरिज कब्जा

भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...

ई–सेवामार्फत अवैध कारोबार : कम्पनीको प्यान दुरूपयोग गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...

कानुनकै पासोमा लोकतन्त्रः जितपछि निलम्बन हुने चुनावी प्रणालीको दोहोरो मापदण्ड

काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...

नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री दाहालको निधन

काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, विशेष महाधिवेशन र आन्तरिक संकट मुख्य एजेन्डा

  काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...

फुटको संघारमा कांग्रेस, रमेश–गगनबीच पनि जुटेन सहमति

काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...

झापामा उद्योग र घरमा आगलागी, १ करोड ३० लाखको क्षति

झापा  । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending