Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

पालमुनिबाट न्याय, त्रासमुनि फैसला: धम्कीको घेरामा सर्वोच्च अदालत

खबरडबली संवाददाता

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीको चपेटामा परेको सर्वोच्च अदालत आज पनि पूर्ण संरचनामा फर्कन सकेको छैन। ऐतिहासिक भवन जलेर ध्वस्त हुँदा करिब २४ हजारमध्ये २० हजार मुद्दाका मिसिल खरानी बने। अहिले सर्वोच्च अदालतका इजलासहरू पालमुनिबाट सञ्चालन भइरहेका छन्।

भौतिक संरचना नष्ट भएको पीडा त छँदैछ, तर त्यससँगै न्यायालयले अहिले धम्की, डर र त्रासको अर्को चुनौती सामना गरिरहेको छ। प्रधानन्यायाधीशदेखि न्यायाधीशहरू स्वयंले सार्वजनिक रूपमा न्याय सम्पादनमा असर पर्ने गरी धम्की आएको गुनासो गर्न थालेका छन्।

‘फैसला गर त, हामी देखाइदिन्छौँ’

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अनुसार पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत न्यायाधीशलाई लक्षित गरी प्रत्यक्ष धम्की आउने गरेको छ। “तिमी आदेश गर त, फैसला गर त, हामी देखाइदिन्छौँ भन्ने धम्की आउँछ,” उनले सम्पादक तथा पत्रकारहरूसँगको भेटघाटमा भने, “हामी खोजी–खोजी मार्छौँ भन्ने स्तरका सन्देश पनि आउँछन्।”

उनका अनुसार अदालतलाई ‘भ्रष्टाचारको अखडा’ भन्दै एआई–जेनेरेटेड सामग्री, घृणात्मक अभिव्यक्ति र मिडिया ट्रायलमार्फत न्यायाधीशमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ।

संवैधानिक मुद्दा र सामाजिक सञ्जालको दबाब

जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको वर्तमान सरकारसँग सम्बन्धित प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी संवैधानिक रिटहरू सर्वोच्च अदालतमा विचाराधीन छन्। तर सुनुवाइ हुनुअघि नै सामाजिक सञ्जालमा न्यायाधीशमाथि आक्रमण हुनु लोकतन्त्र र कानुनी शासनकै लागि खतरा भएको न्यायाधीशहरूको ठहर छ।

प्रधानन्यायाधीश राउत भन्छन्, “न्यायाधीश डरायो भने राज्यका अरु अङ्ग पनि सुरक्षित हुँदैनन्। प्रेस स्वतन्त्रतामाथि समेत गम्भीर खतरा आउन सक्छ।”

‘अस्त्रविहीन थलोमाथि अस्त्रको प्रयोग’

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायालयलाई “अस्त्रविहीन निकाय”को संज्ञा दिँदै सामाजिक सञ्जाललाई अस्त्रका रूपमा प्रयोग गरिएको बताइन्। “सुधार आवश्यक छ, तर धम्की, अतिरञ्जना र घृणा फैलाउने काम गलत हो,” उनले भनिन्।

क्षति ठूलो, जिम्मेवारी अझ ठूलो

आन्दोलनका क्रममा सर्वोच्चसहित २३ वटा अदालतमा क्षति पुगेको थियो। तीमध्ये १० वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। देशभर करिब ३९ हजार चालु मिसिल र ९ लाखभन्दा बढी अभिलेख नष्ट भए पनि न्यायालयले काम रोकेको छैन।

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार पुस २१ गतेसम्म १० हजारभन्दा बढी मुद्दाका मिसिल पुनःतयार भइसकेका छन्।

बार, साइबर ब्यूरो र न्यायाधीश समाजको चिन्ता

नेपाल बार एसोसिएसनले सामाजिक सञ्जालमार्फत भइरहेको मिथ्या सूचना, धम्की र चरित्र हत्याप्रति गम्भीर आपत्ति जनाएको छ। साइबर ब्यूरोले यस्ता गतिविधिमाथि अध्ययन भइरहेको जनाएको छ। प्रहरीका अनुसार यस्ता कार्य विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत दण्डनीय छन्, जसमा कैद र जरिवानाको व्यवस्था छ।

न्यायाधीश समाज नेपालले पनि तथ्यहीन, प्रतिशोधपूर्ण आलोचना नगर्न आह्वान गर्दै स्वस्थ, तथ्यमा आधारित आलोचनालाई मात्र लोकतान्त्रिक अभ्यास मान्नुपर्ने स्पष्ट पारेको छ।

पालमुनिबाट न्याय दिइरहेको सर्वोच्च अदालत आज केवल भौतिक संरचनाको संकटमा छैन, न्यायिक स्वतन्त्रताको परीक्षामा पनि छ। सुधार आवश्यक छन्, तर धम्की र दुष्प्रचारमार्फत न्यायालय कमजोर बनाउने प्रयास कानुन र विधिको शासनमाथिकै आक्रमण हो।

न्यायालय बलियो रहँदा मात्र नागरिक ढुक्क हुन्छन्—यो यथार्थ अहिले झनै स्पष्ट हुँदै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...

भैरहवामा रुपन्देही–११ को दबदबा कायम, आर्मी ‘ए’ विरुद्ध एकदिवसीय सिरिज कब्जा

भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...

ई–सेवामार्फत अवैध कारोबार : कम्पनीको प्यान दुरूपयोग गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...

कानुनकै पासोमा लोकतन्त्रः जितपछि निलम्बन हुने चुनावी प्रणालीको दोहोरो मापदण्ड

काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...

नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री दाहालको निधन

काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, विशेष महाधिवेशन र आन्तरिक संकट मुख्य एजेन्डा

  काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...

फुटको संघारमा कांग्रेस, रमेश–गगनबीच पनि जुटेन सहमति

काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...

झापामा उद्योग र घरमा आगलागी, १ करोड ३० लाखको क्षति

झापा  । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending