काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपाका सभापति रवि लामिछानेले पार्टी सचिवालयको भर्चुअल बैठकमा सहमति भंग हुनुको कारणबारे ब्रिफिङ गरेका हुन्।
कुलमानले सरकारको मन्त्री पद छोडेपछि पार्टीमा उपसभापति दिने सहमति भइसकेपछि दिनदिनै नयाँ-नयाँ माग राख्ने गरेको रविले सचिवालय बैठकमा सुनाएका थिए । 'कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो । एउटा माग सम्पन्न गर्यो भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो,' लामिछानेले सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए, ुबालेनले केन्द्रीय समितिमा राख्ने मान्छेका नाम दिनुभयो । प्रक्रिया अगाडि बढ्यो । तर कुलमानले समानुपातिकमा नाम दिएपछि छुट्टाछुट्टै मान्छे मिलाउँ भन्ने । राम्रो मान्छे छ भने तेरोमेरो नभनी काम गरौं भन्दा भागबण्डा र पावरको कुरा मात्रै प्रधान बनाउनुभयो ।'
तीन नेताबीच काम बाँडफाँट गर्ने प्रस्ताव पनि असफल भएको जनाइएको छ। प्रस्तावअनुसार लामिछानेले पार्टी, बालेनले सरकार र घिसिङले भौतिक पूर्वाधार क्षेत्र सम्हाल्ने भनिए पनि घिसिङ सहमत नभएको सचिवालय सदस्यहरूले बताएका छन्।
यसैबीच रास्वपा सचिवालय सदस्य शिशिर खनालले उज्यालो नेपालसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरिएको पुष्टि गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १२:४४
काठमाडौं । सुनको भाउ फेरि बढेर प्रतितोला २ लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ ह...
पौष २७ गते, २०८२ - १२:३६
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोगले सम्भावित विवाद समाधानसम्बन्धी विषयमा पूर्वअध्ययन थालेको छ। आयोग स्रोतका अन...
पौष २७ गते, २०८२ - १२:२५
काठमाडौँ । इन्डियन आइडलका विजेता गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको खबर आएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हृदयघात भएपछि उनलाई न...
पौष २७ गते, २०८२ - ११:२४
चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बस मध्य एउटा फेला परेको छ । नदीमा खसेको अठार महिनापछि आज दुई...
पौष २७ गते, २०८२ - ११:०७
गुल्मी। गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । चिसो अ...
पौष २७ गते, २०८२ - १०:५९
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ स...
पौष २७ गते, २०८२ - १०:४८
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको निस...
पौष २७ गते, २०८२ - १०:३४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेको छन् । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र...
पौष २६ गते, २०८२ - १७:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...
पौष २६ गते, २०८२ - १६:३९
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...




प्रतिकृया लेख्नुहोस्: