Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मतदाता विवरण बिक्रीको निर्णयविरुद्ध चर्को विरोध

गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई शुल्क लिएर मतदाता नामावलीको डिजिटल प्रतिलिपि उपलब्ध गराउने निर्णय गरेपछि डिजिटल अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन् । यसले नागरिकको व्यक्तिगत गोपनीयता र संवेदनशील सूचनामाथि गम्भीर जोखिम निम्त्याउने भन्दै तत्काल व्यवस्था निलम्बन गर्न माग गरिएको छ ।

डिजिटल राइट्स नेपालले विज्ञप्ति जारी गर्दै आयोगको निर्णय संविधान, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ तथा नागरिक अधिकारको मर्मविपरीत रहेको ठहर गरेको छ । संस्थाले सरोकारवालासँग पर्याप्त परामर्श नगरी गरिएको यस्तो निर्णयले लोकतान्त्रिक प्रक्रियाप्रतिको सार्वजनिक विश्वास कमजोर पार्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२’ को पहिलो संशोधनमार्फत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई मतदाता नामावलीको डिजिटल प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार दर्ता भएका राजनीतिक दलहरूले १० हजार रुपैयाँ शुल्क तिरेर देशभरको मतदाता विवरण प्राप्त गर्न सक्नेछन् । यस्तै, एक प्रदेशको विवरणका लागि ५ हजार र कुनै एक जिल्ला वा निर्वाचन क्षेत्रको नामावलीका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

निर्देशिकाअनुसार मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत विद्युतीय रूपमा उपलब्ध गराइनेछ । तर, अधिकारकर्मीहरूका अनुसार मतदाता नम्बर, उमेर, लैङ्गिक पहिचान तथा बाबुआमाको नामजस्ता विवरणहरू आफैंमा संवेदनशील हुने र यी विवरणहरू एकै ठाउँमा उपलब्ध हुँदा व्यक्तिको विस्तृत व्यक्तिगत प्रोफाइल तयार हुन सक्ने गम्भीर जोखिम रहन्छ ।

डिजिटल राइट्स नेपालले वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ का विभिन्न दफाहरू स्मरण गराउँदै मतदाता परिचयपत्र तथा सार्वजनिक निकायले जारी गरेका परिचयपत्रका विवरणहरू वैयक्तिक सूचना हुने स्पष्ट व्यवस्था रहेको जनाएको छ । ऐनले लैङ्गिक पहिचानसम्बन्धी विवरणलाई व्यक्तिगत शारीरिक विवरणका रूपमा परिभाषित गर्दै त्यसको प्रकाशन वा प्रसारणमा कडाइका साथ प्रतिबन्ध लगाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

संस्थाका अनुसार निर्वाचन निर्देशिकाले मतदाताको स्पष्ट सहमति नलिई विवरण वितरण गर्ने व्यवस्था गरेको छ, जुन न त सार्वजनिक सेवा उपभोगको प्रयोजनमा पर्छ न त आपराधिक अनुसन्धानको सन्दर्भमै । यसले ऐनको प्रत्यक्ष उल्लङ्घन गर्ने डिजिटल राइट्स नेपालको निष्कर्ष छ ।

‘मतदाता विवरणको संरक्षण केवल प्राविधिक विषय होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो नागरिकको मौलिक अधिकार, लोकतान्त्रिक प्रणालीको विश्वसनीयता र सार्वजनिक विश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।’

लैङ्गिक पहिचान सार्वजनिक हुँदा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा गम्भीर असर पर्न सक्ने जोखिमतर्फ निर्देशिकाले आँखा चिम्लिएको आरोप पनि संस्थाले लगाएको छ ।

डिजिटल राइट्स नेपालले मतदाता विवरण डिजिटल रूपमा वितरण गर्ने व्यवस्था तत्काल निलम्बन गर्न, आयोगको वेबसाइटमा उपलब्ध व्यक्तिगत विवरणको दायरा पुनरावलोकन गरी न्यूनतममा सीमित गर्न तथा निर्वाचन निर्देशिकालाई संविधान र गोपनीयता ऐनअनुसार परिमार्जन गर्न माग गरेको छ । साथै, नागरिक समाज, कानुनविद् र मानवअधिकारकर्मीसँग व्यापक परामर्शपछि मात्र अन्तिम निर्णय लिन आयोगलाई आग्रह गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending