Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उनी मख्ख छन् । सापकोटा भन्छन्, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।”

करिब चार रोपनी बारीमा काउली रोपेका सापकोटा यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने सोचमा छन् । तर गत वर्षजस्तो उत्पादन नभएकामा भने उनी दुखेसो पोख्छन् । यसपालि काउलीमा केही रोगले उत्पादन घटेको स्थानीय किसान बताउँछन् । हाल बजारमा प्रतिकिलो काउली रु ४५ देखि रु ५० सम्ममा बिक्री गर्न पाएपछि सापकोटासँगै राम्चेबेँसीका किसान उत्साहित देखिएका हुन् । गत वर्ष मूल्य नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको थियो ।

विगतका वर्षमा झैँ यस वर्ष पनि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब एक सय ३० किसानले काउली रोपेका छन् । यहाँ काउली, बन्दा, गोलभेँडालगायत तरकारी पर्याप्त उत्पादन हुने गर्दछ । तर कहिलेकाहीँ बजारभाउ नपाउँदा किसान मर्कामा पर्ने गरेका सापकोटा बताउँछन् ।

“तर यस वर्ष समस्या देखिँदैन जस्तो लागेको छ”, उनले भने । सापकोटाका अनुसार यहाँ यस याममा दैनिक एक हजार किलोसम्म काउली उत्पादन हुने गरेको छ । यहाँ उत्पादित काउली विशेषगरी बनेपा र काठमाडौँमा बिक्री हुने गरेको छ ।

यस वर्ष एउटै किसानले एउटा याममा काउली, बन्दा र गोलभेँडा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइएको छ । उपभोक्ताले बजारमा अहिले काउलीको मूल्य प्रतिकिलो रु ९० सम्म तिर्नुपर्दा यहाँका किसानले भने रु ४५ को हाराहारीमा मात्रै पाइरहेका छन् ।

“काउली प्रतिकिलो रु ४० बाट घटाउनु परेन भने लगानी उठाएर पनि केही बचत गर्न सकिन्छ”, स्थानीय गायत्री सापकोटाले भनिन् । उनको अनुभवमा एउटा काउली फलाउन किसानले धेरै मिहिनेत गर्नुपर्छ, काउली रोप्न बारी खनजोत गरी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा किटनासक विषादी हाल्नेलगायत काम गर्नुपर्छ ।

सापकोटा भन्छन्, “तर त्यसको मूल्य नपाउँदा भने किसान मर्माहत नै हुन्छन्, यस वर्ष काउलीमा त्यस्तो नहुने देखेर हामी उत्साहीत नै छौँ ।”

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान हतार भएको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली उखेल्न निस्किन्छन् । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने तथा बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेका सापकोटाले बताए । आफूले गरेको मिहिनेतअनुसारको आम्दानी नपाएकामा उनी चिन्तित छन् ।

“व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय अभावले आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने गरका छौँ”, सापकोटाले भने । उनी हाल व्यापारीले प्रतिकिलो काउली रु ४० देखि रु ४५ सम्ममा खरिद गर्ने गरेका बताउँछन् ।

तरकारीबाट उचित मूल्य नपाउँदा किसान निराश हुनु स्वाभाविक भएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन् । “अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, यसका लागि सरकारले किसानको पक्षमा केही गर्नुपर्ने हो”, उनले भने ।

कृष्णप्रसादका अनुसार किसान आफूहरूले गरेको तरकारीखेतीको बजारका लागि वडा र नगरले सहयोग गरुन् भन्ने राख्छन् । मल तथा बीउ समयमा नपाउनु र लगानी उठ्ने जोखिम हुनु यहाँका किसानको प्रमुख चुनौती बनेको उनको भनाइ छ । राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्छन् ।

गत वर्ष प्रतिकिलो रु १५ मा समेत काउली बिक्री नहुँदा फलेको काउली काटेर बजार पुर्याउने खर्च पनि नउठेको गायत्री सापकोटा बताउँछन् । “मैले गत वर्ष बारीभरि काउली रोपेकी थिएँ, त्यतिबेला मध्ययाममा पनि रु १५ मा पनि बिक्री भएन, काटेर बजार लैजाने ज्यालासमेत उठेन । कतिपय किसानले त खेतमै काउली जोतिदिएका थिए”, उनले भने । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसानले आफूहरूलाई पायक पर्ने स्थानमा ‘हाटबजार’ राखिदिन नगर कार्यालयसँग अनुरोध गरेका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending