Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उनी मख्ख छन् । सापकोटा भन्छन्, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।”

करिब चार रोपनी बारीमा काउली रोपेका सापकोटा यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने सोचमा छन् । तर गत वर्षजस्तो उत्पादन नभएकामा भने उनी दुखेसो पोख्छन् । यसपालि काउलीमा केही रोगले उत्पादन घटेको स्थानीय किसान बताउँछन् । हाल बजारमा प्रतिकिलो काउली रु ४५ देखि रु ५० सम्ममा बिक्री गर्न पाएपछि सापकोटासँगै राम्चेबेँसीका किसान उत्साहित देखिएका हुन् । गत वर्ष मूल्य नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको थियो ।

विगतका वर्षमा झैँ यस वर्ष पनि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब एक सय ३० किसानले काउली रोपेका छन् । यहाँ काउली, बन्दा, गोलभेँडालगायत तरकारी पर्याप्त उत्पादन हुने गर्दछ । तर कहिलेकाहीँ बजारभाउ नपाउँदा किसान मर्कामा पर्ने गरेका सापकोटा बताउँछन् ।

“तर यस वर्ष समस्या देखिँदैन जस्तो लागेको छ”, उनले भने । सापकोटाका अनुसार यहाँ यस याममा दैनिक एक हजार किलोसम्म काउली उत्पादन हुने गरेको छ । यहाँ उत्पादित काउली विशेषगरी बनेपा र काठमाडौँमा बिक्री हुने गरेको छ ।

यस वर्ष एउटै किसानले एउटा याममा काउली, बन्दा र गोलभेँडा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइएको छ । उपभोक्ताले बजारमा अहिले काउलीको मूल्य प्रतिकिलो रु ९० सम्म तिर्नुपर्दा यहाँका किसानले भने रु ४५ को हाराहारीमा मात्रै पाइरहेका छन् ।

“काउली प्रतिकिलो रु ४० बाट घटाउनु परेन भने लगानी उठाएर पनि केही बचत गर्न सकिन्छ”, स्थानीय गायत्री सापकोटाले भनिन् । उनको अनुभवमा एउटा काउली फलाउन किसानले धेरै मिहिनेत गर्नुपर्छ, काउली रोप्न बारी खनजोत गरी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा किटनासक विषादी हाल्नेलगायत काम गर्नुपर्छ ।

सापकोटा भन्छन्, “तर त्यसको मूल्य नपाउँदा भने किसान मर्माहत नै हुन्छन्, यस वर्ष काउलीमा त्यस्तो नहुने देखेर हामी उत्साहीत नै छौँ ।”

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान हतार भएको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली उखेल्न निस्किन्छन् । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने तथा बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेका सापकोटाले बताए । आफूले गरेको मिहिनेतअनुसारको आम्दानी नपाएकामा उनी चिन्तित छन् ।

“व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय अभावले आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने गरका छौँ”, सापकोटाले भने । उनी हाल व्यापारीले प्रतिकिलो काउली रु ४० देखि रु ४५ सम्ममा खरिद गर्ने गरेका बताउँछन् ।

तरकारीबाट उचित मूल्य नपाउँदा किसान निराश हुनु स्वाभाविक भएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन् । “अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, यसका लागि सरकारले किसानको पक्षमा केही गर्नुपर्ने हो”, उनले भने ।

कृष्णप्रसादका अनुसार किसान आफूहरूले गरेको तरकारीखेतीको बजारका लागि वडा र नगरले सहयोग गरुन् भन्ने राख्छन् । मल तथा बीउ समयमा नपाउनु र लगानी उठ्ने जोखिम हुनु यहाँका किसानको प्रमुख चुनौती बनेको उनको भनाइ छ । राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्छन् ।

गत वर्ष प्रतिकिलो रु १५ मा समेत काउली बिक्री नहुँदा फलेको काउली काटेर बजार पुर्याउने खर्च पनि नउठेको गायत्री सापकोटा बताउँछन् । “मैले गत वर्ष बारीभरि काउली रोपेकी थिएँ, त्यतिबेला मध्ययाममा पनि रु १५ मा पनि बिक्री भएन, काटेर बजार लैजाने ज्यालासमेत उठेन । कतिपय किसानले त खेतमै काउली जोतिदिएका थिए”, उनले भने । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसानले आफूहरूलाई पायक पर्ने स्थानमा ‘हाटबजार’ राखिदिन नगर कार्यालयसँग अनुरोध गरेका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending