गुल्मी। गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो अत्यधिक बढ्दै गएकाले उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी र विद्यालय बाहिरका १३ जना बौद्धिक अपाङ्गता भएका व्यक्ति गरेर कुल ३९ जनालाई न्यानो कपडा वितरण गरिएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले जानकारी दिए।
विद्यालयको आग्रहमा आफूहरू स्वतस्फुर्त रुपमा रकम उठाएर अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई तलमाथि लगाउने बाक्लो न्यानो गुणस्तरीय कपडा वितरण गरिएको भुसालले बताए।
समितिले श्री जगदगुरु कृपालुजी महाराजले जगदगुरुत्तम उपाधि पाएको दिनलाई स्मरण गर्दै हरेक वर्ष सामाजिक काम गर्दै आएको छ ।
बिगतमा जिल्लाका अरु विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको समितिले यसवर्ष तम्घासमै न्यानो कपडा वितरण गरेको हो।अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई पोशाकसहित सामूहिक भोजन गराएर भजनकीर्तन मार्फत मनोरञ्जन प्रदान गरिएको राधा माधव समितिले जनाएको छ।
राधामाधव समिति रेसुङ्गा सत्संग केन्द्रले सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा कार्य गर्दैआएको छ ।
रेसुङ्गा गौशलामा रहेका गाईलाई आहार सहयोग गर्दै आइरहेको छ । साथै विपन्न तथा असहायहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा खाद्यान्न सहयोग पनि गर्ने गरेको छ ।
सहयोगी संस्था रेसुङ्गा सत्संग केन्द्रलाई त्यस्ता अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूले धन्यवाद दिएका छन् ।
उपल्लो तम्घास माविका प्रधानाध्यापक मधु गौतमले राधा माधव समितिले विद्यालय र शिक्षार्थीप्रति गरेको सामाजिक न्यायले अत्यन्तै खुसी लागेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: