काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउँदै निर्वाचन कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका हुन् ।
रिट निवेदनमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि सुरु हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्तासमेत रोक्न अन्तरिम आदेशको माग गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ ।
रिट निवेदकले संसद् विघटनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला निर्वाचन कार्यक्रम सार्वजनिक गर्नु न्यायिक प्रक्रियामाथि हस्तक्षेप भएको दाबी गरेका छन् । सर्वोच्चमा विचाराधीन मुद्दाको फैसला नआउँदै निर्वाचनको मिति तोक्नु संविधानको मर्म र कानुनी व्यवस्थाविपरीत रहेको उनको जिकिर छ ।
रिटमा उल्लेख भएअनुसार संसद् विघटनसम्बन्धी मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि अगाडि बढाउनु संविधान तथा प्रचलित कानुनको बर्खिलाप हुने कार्य हो । त्यसकारण निर्वाचनसँग सम्बन्धित सबै निर्णय र कार्यतालिका प्रथम दृष्टिमा नै असंवैधानिक र गैरकानुनी भएकाले तत्काल खारेज गर्नुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा सर्वोच्च अदालतको फैसलाअघि निर्वाचन प्रक्रिया अगाडि बढेमा यसले गम्भीर संवैधानिक संकट निम्त्याउने तथा भविष्यमा कानुनी जटिलता थपिने चेतावनीसमेत दिइएको छ ।
अब सर्वोच्च अदालतले यस विषयमा प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । निर्वाचनको मिति नजिकिँदै गर्दा दायर भएको यस रिटले राजनीतिक तथा संवैधानिक बहसलाई थप चर्काउने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: