Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

माघी पर्वको अवसरमा सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा, थारु समुदायको ‘जिता पर्व’लाई औपचारिक मान्यता

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले जारी गरेको प्रदेश राजपत्रअनुसार पुस ३० गतेलाई ‘जिता पर्व’ का रूपमा उल्लेख गर्दै सार्वजनिक बिदा तोकिएको छ । पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’ मनाउने परम्परा रहँदै आएको छ । यस दिन सामूहिक रूपमा बंगुर (जिता) काटेर नाचगान, खानपान र विविध सांस्कृतिक कार्यक्रममार्फत पर्व मनाइन्छ ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउने चलन छ । पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म परिवार, आफन्त र गाउँसमुदाय एकत्रित भई विशेष कार्यक्रमसहित माघी मनाइने गरिन्छ । यस अवसरमा पुराना विवाद समाधान गर्ने, नयाँ सामाजिक निर्णय गर्ने तथा घरपरिवारका सदस्यबीच जिम्मेवारी बाँडफाँड गर्ने परम्परासमेत रहेको छ ।

माघ १ गतेलाई सरकारले राष्ट्रिय पर्वका रूपमा मान्यता दिँदै देशभर सार्वजनिक बिदा दिँदै आएको छ । त्यसपछिका दिनहरूमा भने स्थानीय तहले आवश्यकता र परम्पराअनुसार थप बिदा दिने प्रचलन रहँदै आएको छ ।

प्रदेश सरकारले थारु समुदायको सांस्कृतिक पहिचान, परम्परा र मौलिकतालाई सम्मान गर्दै दिएको सार्वजनिक बिदालाई समुदायले सकारात्मक रूपमा लिएको छ । यसले प्रदेशको बहुसांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: