Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस अब केवल आन्तरिक सत्ता संघर्षमा सीमित छैन, पार्टीको आधिकारिकता कसको ? भन्ने निर्णायक लडाइँमा प्रवेश गरेको छ। दोस्रो विशेष महाधिवेशनले बहुमतको आधारमा नयाँ नेतृत्व चयन गरिरहँदा संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेपछि कांग्रेसको विवाद कानुनी मोडमा पुगेको हो।

५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। अर्कोतर्फ, देउवा पक्षको कारबाहीले पार्टीभित्र समानान्तर शक्ति संरचना बनाएको छ। यही टकरावले कांग्रेसलाई अब ‘राजनीतिक सहमति’ भन्दा बाहिर निकाल्दै निर्वाचन आयोग र सर्वोच्च अदालतको ढोकासम्म पुर्‍याउने संकेत दिएको छ।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन कुनै अवैधानिक प्रक्रिया होइन। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन बोलाउनु सभापतिको बाध्यकारी कर्तव्य हो। सभापतिले आलटाल गरेमा पार्टीको अन्य पदाधिकारीले बोलाएको विशेष महाधिवेशन पनि विधानसम्मत नै हुन्छ।

“लोकतन्त्र बहुमतको शासन हो,” ज्ञवाली भन्छन्, “बहुमत प्रतिनिधिको उपस्थितिमा भएको निर्णयलाई अवैध भन्न सकिँदैन।” उनको बुझाइमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई कानुनी आधारमा वैधता दिन निर्वाचन आयोग बाध्य हुन सक्छ, तर विवाद यहीँ टुंगिने छैन।

निर्वाचन आयोग : निर्णायक तर असहज अवस्थामा

हाल निर्वाचन आयोगको अभिलेखमा नेपाली कांग्रेसको सभापतिका रूपमा शेरबहादुर देउवाकै नाम छ। समानुपातिक उम्मेदवारको बन्दसूचीमा पनि देउवाकै हस्ताक्षर प्रयोग भइसकेको छ। तर अब विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि गगन थापा–विश्वप्रकाश शर्मा पक्षले आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिनेछ।

यही बिन्दुबाट आधिकारिकताको वास्तविक संघर्ष सुरु हुन्छ। देउवा पक्षले उक्त अद्यावधिक रोक्न आयोगमा प्रतिवेदन दिनेछ। यस्तो अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र परिच्छेद–९ अनुसार आयोगले दुवै पक्षलाई सुन्ने, इजलास गठन गर्ने र विस्तृत छानबिनपछि मात्र निर्णय लिने पूर्वअभ्यास छ। यस प्रक्रियामा ४५ दिन वा त्योभन्दा बढी समय लाग्न सक्छ।

अदालतको ढोका र चुनावी असर

निर्वाचन आयोगले जुनसुकै निर्णय गरे पनि त्यसप्रति असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने लगभग निश्चित छ। अदालतमा मुद्दा विचाराधीन रहँदा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको आधिकारिक हैसियत नै अन्योलमा पर्न सक्छ। पार्टीको चुनाव चिह्न, उम्मेदवारको मान्यता र कानुनी हैसियतसम्म प्रभावित हुने जोखिम देखिएको छ।

कांग्रेसको संकट अब राजनीतिक होइन, संवैधानिक

कांग्रेसभित्र देखिएको यो संकट अब नेतृत्व परिवर्तनको बहस मात्र रहेन। यो बहुमतको वैधता बनाम संस्थागत मुहरको टकराव हो। सडक, सभा र नाराभन्दा बाहिर निस्केर कांग्रेस अब कानुन, आयोग र अदालतको फैसला कुर्न बाध्य अवस्थामा पुगेको छ।

यो लडाइँले केवल देउवा वा गगन–विश्वको भविष्य तय गर्ने छैन, नेपाली कांग्रेस आगामी चुनावमा ‘एक पार्टी’ का रूपमा उभिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर पनि यही प्रक्रियाबाट तय हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending