भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदेखि नै प्रत्येक वर्ष माघ १ गतेका दिन मनाइँदै आएको यो ऐतिहासिक र धार्मिक पर्वका लागि भक्तपुरमा विशेष चहलपहल सुरु भएको छ। यस वर्ष करिब दुई हजार भिक्षुहरूलाई महादान गर्ने लक्ष्य राखिएको छ।
पर्वको अवसरमा पाँच दीपङ्कर बुद्धका मूर्तिहरूलाई भक्तपुर नगरको परिक्रमा गराइएको छ। परिक्रमापछि ती मूर्तिहरूलाई भक्तपुर नगरपालिका-१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा मध्याह्नको समयमा ल्याएर बौद्ध परम्पराअनुसार सम्यक महादान कार्य गरिन्छ।
दीपङ्कर बुद्धका मूर्तिहरूलाई थथुबहीमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्य भिक्षुहरूलाई प्रसाद, चामल, दक्षिणा र विभिन्न परिकारहरू दान दिने परम्परा रहेको छ।
सम्यक महादानमा गेँडागुडीका विभिन्न परिकारहरू जस्तै गोमाय, बालामाय, कसु, मुस्या र सागसब्जीका दर्जनौँ स्वादिला परिकारहरू बनाएर चढाउने गरिन्छ। साथै लड्डु, पुरी, घ्योचाक, चतामरी जस्ता मिठाई र पक्वान्नहरू पनि दानका लागि तयार पारिएको छ। ऐतिहासिक शिलापत्र अनुसार जयरत्न बज्राचार्यले आफ्ना दिवंगत पिता जयदेवको सम्झनामा नेपाल संवत् ७८७ मा विभिन्न विहारका भिक्षुहरूलाई निमन्त्रणा गरेर यो पर्वको जग बसालेका थिए।
यस वर्ष दान दिने पालो चिनियाकाजी बज्राचार्य परिवारको रहेको छ। यो पर्वलाई भव्य रूपमा सम्पन्न गर्न उनको परिवार र व्यवस्थापन समिति एक सातादेखि जयकीर्ति महाविहारमा आवश्यक सामग्री जुटाउन व्यस्त रहेको छ। दानको सुरुमा चतुब्र्रम्ह महाविहार सङ्घका कुलदेवता हेबज नैरात्मालाई भोजन दान दिइन्छ।
त्यसपछि क्रमबद्ध रूपमा विभिन्न स्थानका दीपङ्कर बुद्ध, सुवर्ण चैत्य र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य तथा शाक्यहरूलाई दान दिने प्रचलन छ। अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष अवलोकनकर्ता र दान ग्रहण गर्नेहरूको संख्या बढ्ने अनुमान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - ०९:२४
चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन ...
फाल्गुन ६ गते, २०८२ - ०९:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...
फाल्गुन ६ गते, २०८२ - ०९:१७
रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...
फाल्गुन ६ गते, २०८२ - ०७:५८
काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...
फाल्गुन ६ गते, २०८२ - ०७:५५
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...
फाल्गुन ६ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
फाल्गुन ६ गते, २०८२ - ०७:४८
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...
फाल्गुन ६ गते, २०८२ - ०७:३५
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...
फाल्गुन ६ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...
फाल्गुन ६ गते, २०८२ - ०७:२४
काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...



प्रतिकृया लेख्नुहोस्: