Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

खबरडबली संवाददाता

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अब उनै जनयुद्धमा ज्यान आहुति दिएका शहीद दम्पतीका छोरा सन्दीप पुन चुनावी मैदानमा उत्रिँदै छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट सन्दीप पुन पूर्वी रूकुमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ। उनी जनयुद्धका शहीद सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्ष’का सुपुत्र हुन्। आफ्नै नेतृत्वमा सुरु भएको जनयुद्धमा ज्यान गुमाएका शहीद दम्पतीका छोरासँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्दा प्रचण्ड स्वयं इतिहासकै कठघरामा उभिन पुगेका छन्।

सन्दीपका आमाबुबाको २०५३ साल जेठ २५ गते जनयुद्धकै बीच जनवादी विवाह भएको थियो। त्यसको एक वर्षपछि, २०५४ सालमा, युद्धकै गर्भबाट सन्दीप जन्मिए। तर उनको बाल्यकाल आमाबुबाको काखमा होइन, शहादतको कथासँगै बित्यो। २०५९ साल जेठ १४ गते बझाङको रायलमा उनकी आमा परम्परा गौतम र २३ जेठमा बझाङकै सैसुमा उनका बुवा सूर्यप्रकाश पुनलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो।

आज ती शहीदका सपना बोकेर सन्दीप स्वयं राजनीतिमा होमिएका छन्। उनी हाल शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षसमेत हुन्।
‘मेरा आमाबुबा देश परिवर्तन गर्ने क्रममा शहीद हुनुभयो,’ सन्दीप भन्छन्, ‘शहीदको सन्तानलाई जनताले माया गर्नुहुन्छ भन्ने विश्वास छ।’

उनले चुनावी तयारी धेरैअघि नै थालेको दाबी गरेका छन्। जिल्लाका सबै वडामा पुगेर जनतासँग संवाद गरेको र स्थानीय मुद्दालाई नजिकबाट बुझेको उनको भनाइ छ।
‘मैले विगतदेखि नै चुनावको तयारी गरेको थिएँ। हरेक वडामा पुगेँ, जनतासँग छलफल गरेँ,’ उनले भने।

जनयुद्धका सुप्रिमो प्रचण्डसँगै चुनावी भिडन्त हुनुलाई सन्दीपले गर्व र चुनौती दुवैको रूपमा लिएका छन्। ‘प्रचण्डसँग लड्न पाउँदा खुसी छु,’ उनले आत्मविश्वासका साथ भने, ‘म उहाँलाई पराजित गरेर जित निकाल्छु।’

यसरी, यो चुनाव केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा होइन, जनयुद्धका सपना, बलिदान र उत्तराधिकारको पुनर्मूल्यांकनको प्रतीक बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending