काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढी हो ।
सूचकाङ्कमा देखिएको वृद्धिको प्रमुख कारण अण्डा र मकैजस्ता आधारभूत कृषि उपजको मूल्यमा आएको उल्लेखनीय वृद्धि हो । तथ्याङ्क अनुसार, अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च ९.५ प्रतिशत वार्षिक वृद्धिदर देखिएको छ । यसले पशुपन्छीजन्य उत्पादनको मूल्यमा चाप बढ्दै गएको संकेत गर्छ ।
त्यसैगरी, वर्षे मकैको मूल्य सूचकाङ्क ३.८ प्रतिशतले वृद्धि भएको छ । मकैसँगै माछाको मूल्य ३.६ प्रतिशत र अन्नबालीको मूल्य ३.१ प्रतिशतले बढेको कार्यालयले जनाएको छ ।
धान र दूधजस्ता अत्यावश्यक उपजको मूल्यमा भने तुलनात्मक रूपमा स्थिरता देखिएको छ । धान र दूधको मूल्य क्रमशः २.४ प्रतिशतको वृद्धिदरसहित सीमित उतारचढावमै रहेको तथ्याङ्कले देखाउँछ ।
मसलाबालीतर्फ भने मूल्य वृद्धि न्यून देखिएको छ । मसलाबालीको मूल्य वृद्धिदर ०.८ प्रतिशतमा सीमित हुँदा यस क्षेत्रमा आपूर्ति र मागबीच केही सन्तुलन रहेको संकेत मिल्छ ।
फलफूल र तरकारी बालीको मूल्यमा पनि सामान्य मात्र वृद्धि देखिएको छ । फलफूल बालीमा ०.८ प्रतिशत र तरकारी बालीमा ०.२ प्रतिशतको मामुली वृद्धि भएको छ । यस्तै, पशु र पंक्षीको मूल्य क्रमशः १.१ र ०.७ प्रतिशतले बढेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, कृषि उत्पादक मूल्य सूचकाङ्कले कृषि बजारको समग्र प्रवृत्ति, मूल्य दबाब र उत्पादन लागतको अवस्था बुझ्न महत्वपूर्ण आधार प्रदान गर्नेछ । पछिल्लो तथ्याङ्कले कृषि क्षेत्रमा मूल्य वृद्धि क्रमशः फैलिँदै गएको र यसले उपभोक्ता मूल्यमा समेत असर पार्न सक्ने संकेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: