बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठाउँमा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लीलामणि गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक छलफलपछि उम्मेदवार परिवर्तन गर्ने निर्णय गरिएको हो । गौतम हालै सम्पन्न पार्टी महाधिवेशनमा ४० वर्ष कम उमेर समूहबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्य बनेपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका हुन् ।
रूकुम पूर्वको निर्वाचन राजनीतिक रूपमा निकै चासोको केन्द्रमा छ । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन् । नेपाली कांग्रेसबाट कुसुमदेवी थापा मगर र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनयुद्धका शहीद पुत्र सन्दीप पुन पनि चुनावी मैदानमा छन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनको तथ्यांकले पनि रूकुम पूर्वमा वामपन्थी प्रभाव बलियो देखिन्छ । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रले ८ हजार २ सय ७१ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ५ हजार ६ सय ९२ मत ल्याउँदा एमाले ३ हजार ६ सय ५९ मतमा सीमित भएको थियो ।
०६४ सालदेखि निरन्तर रूपमा तत्कालीन माओवादी धारले जित्दै आएको यो क्षेत्रमा एमालेले उम्मेदवार परिवर्तनमार्फत प्रतिस्पर्धालाई थप सशक्त बनाउने रणनीति लिएको विश्लेषण गरिएको छ । अब गौतमको उम्मेदवारीले प्रचण्डको गृहजिल्ला मानिने रूकुम पूर्वको चुनावी समीकरण कति बदलिन्छ भन्ने चासो बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - २०:०९
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...
माघ ६ गते, २०८२ - १९:५६
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...
माघ ६ गते, २०८२ - १९:४०
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...
माघ ६ गते, २०८२ - १९:२२
बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...
माघ ६ गते, २०८२ - १९:१२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...




प्रतिकृया लेख्नुहोस्: