Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

खबरडबली संवाददाता

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो ।

यति एयरलाइन्सको विमानमार्फत चन्द्रगढी ओर्लिएका ओलीले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने,‘चुनावी सुरक्षा अझै चित्तबुझ्दो छैन ।’

विमानस्थलबाट दमक पुगेपछि प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनले उही मुद्दा दोहोर्याए, ‘प्रधानन्यायाधीशलाईसमेत धम्की आइरहेको बेला निर्वाचन कसरी होला ?’ उनले पुस १० मा काठमाडौंको एउटा सभामा समेत चुनावी सुरक्षामै चासो व्यक्त गरेका थिए ।

उनले लगातार सुरक्षा–सम्बन्धी टिप्पणी गरिरहनु संयोग मात्रै होइन । झापा–५ मा चुनावी वातावरण तातिएको, नयाँ प्रतिस्पर्धीको प्रवेशले समीकरण बद्लिएको र आन्दोलनपछिको मनोविज्ञानले शीर्ष नेताहरूलाई अधिक सतर्क बनाएको सुरक्षा स्रोत तथा विश्लेषकहरूको बुझाइ छ ।

झापा–५ ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । झण्डै ३० वर्षदेखि एमालेको प्रभाव लगभग निर्विवाद देखिँदै आएको यो क्षेत्रमा यसपटक सत्ता–विरुद्ध बहस र नयाँ नेतृत्वप्रतिको आकर्षण समानान्तर उक्लिरहेको छ । 

काठमाडौं महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएपछि स्थिति बदलिएको स्थानीय मतदाताहरुको भनाई छ । स्थानीय मतदाताहरु भन्छन्, ‘युवापुस्ताको चासो बालेन्द्रतर्फ तीव्र छ । पुरानो नेतृत्वविरुद्ध पुस्तान्तरणको बहस खुलेर उठेको छ र एमालेभित्र पनि अघिल्लोजस्तो सहज वातावरण छैन ।’

यही परिस्थितिमा ओलीले सुरक्षा प्रसंग एकपछि अर्को पटक उठाउनु राजनीतिक संकेतका रूपमा पनि व्याख्या गरिएको छ । दमकका मतदाता रमेश चम्लागाई अनुमान गर्छन्, ‘ओलीको भाषणमा सुरक्षा–बहस बढ्नु झापा–५ मा अप्रत्यासित चुनौती देखिन थाल्नुको कारण पनि हुनसक्छ ।’

जेनजी आन्दोलनका क्रममा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूलाई सडकमा व्यापक प्रतिरोधको सामना गर्नुपर्‍यो । त्यही समय ओलीमाथि उपत्यकाबाट बाहिर निस्कन नपाउने स्थानहद जारी गरिएको थियो । छानबिन आयोगले गुन्डुस्थित ओली निवास पुगेरै बयान लिएपछि गत पुस २१ मा स्थानहद फुकुवा गरिएको थियो।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्,‘जेनेजी आन्दोलनपछि पुराना दलका नेताहरूमा एक किसिमको गहिरो मनोवैज्ञानिक दबाब बनेको छ । आलोचना, प्रतिरोध र चुनौतीलाई अब उनीहरूले पहिलेभन्दा संवेदनशील रूपमा बुझिरहेका छन् ।’

ओली झापा आइपुगेका दिन आएको भीड र स्वागत पुरानै थियो, तर आन्दोलनपछिको स्थानीय भावनामा आएको परिवर्तनले उनलाई सुरक्षा विषयमा बढी सतर्क बनाएको देखिन्छ । ओली निकट एक नेताले भने,‘उहाँ अब भीडभाड र चुनावी प्रतिस्पर्धालाई पहिलेभन्दा अलग ढंगले हेर्नु हुन्छ । आन्दोलनपछिको वातावरण पूर्ण रूपमा शान्त छैन भन्ने अनुभूति उहाँमा देखिन्छ ।’

गत पुस १६ मा भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा समेत चुनावी सुरक्षाबारे गम्भीर छलफल भएको थियो । त्यो बेला सहभागी एक सुरक्षा अधिकारीले भनेका थिए, ‘चुनावी प्रतिस्पर्धा यसपाली पुरानाविरुद्ध नयाँबीचको हुने संकेत देखिन्छ ।’

सुरक्षा अधिकारीहरुका अनुसार बालेन्द्रको झापा आगमनले राजनीतिक संवेदनशीलता बढेको छ । प्रभाव क्षेक्र त्रस हुने भएकाले अवस्थालाई व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन सक्ने ती अधिकारीको भनाई छ ।

झापा–५ मा बालेन्द्रको टिकट टुंगो लागेसँगै एमाले, रास्वपा, स्थानीय स्वयंसेवी समूह र विभिन्न स्वतन्त्र अभियानकर्ताहरूको सक्रियता बढ्दै गएको छ। सुरक्षा निकायले यस्तै भीडभाड, जुलुस र भावनात्मक ध्रुवीकरणलाई चुनावअगाडि जोखिमपूर्ण मान्ने गरेको बताइन्छ । यो समाचार आजका्े कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टि-२० विश्वकप : वेस्ट इण्डिजसँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

आजै भारत र पाकिस्तान पनि श्रीलंकामा भिड्ने

प्रहरीको आग्रह- पशुपति जाँदा गरगहना नलगाउनू

काठमाडौं । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको...

कांग्रेसले आज प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजन...

आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिका चार ढोका खुला

सवारी पार्किङका लागि यी स्थानमा व्यवस्था

उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बा...

युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त, युक्रेनी जनता चिसोबाट पनि पीडितः राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत् गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् क...

आज २६३औँ सेना दिवस मनाइँदै

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख ...

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अली...

महाशिवरात्रि- पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भन...

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतबार) देखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE