Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

खबरडबली संवाददाता

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा बिराम लागेको छ । देउवा ०४८ यताका सबै संसदीय चुनावमा डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए ।

उनी यस पटक पनि डडेलधुरा कांग्रेसबाट एकल उम्मेदवार सिफारिस भएका थिए । तर, यसबीचमा काठमाडौंमा भएको विशेष महाधिवेशनले देउवालाई सभापतिबाट हटाउँदै गगन थापालाई कांग्रेसको नेतृत्व दियो, जसका कारण उनी उम्मेदवारीबाट पछि हटेका हुन् ।

विशेष महाधिवेशनलाई अवैधानिक भन्दै देउवा पक्षले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो । त्यसपछि देउवा पक्षले सर्वोच्च अदालतमा रिट दिएको छ ।

देउवाको राजनीतिक सक्रियता भने ६० वर्षभन्दा लामो छ । ०२२ सालमा राजनीति थालेका देउवा ०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएका थिए । उनी ०२८ मा नेपाल विद्यार्थी संघको पहिलो सभापति बने । बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि संसदीय राजनीतिमा उक्लिएका देउवा त्यसपछिका हरेक राजनीतिक उतारचढावमा निर्णायक रहे । कहिल्यै प्रतिपक्षी नेतृत्व त कहिल्यै सरकारको बागडोर उनको हातमा आइरह्यो ।

देउवा ०४८ यता पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद भए । उनको संसदीय यात्रा संघर्ष, सम्झौता र सत्ताकै वरिपरि घुमिरह्यो । ०४८ मा भएको निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका देउवाले डडेलधुरामा खसेको मतको ७०.५ प्रतिशत मत पाएर विजयी भएका थिए । त्यतिबेला उनले निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दप्रसाद कलौनीलाई पराजित गरेका थिए ।

०४८ मा सुदूरपश्चिम कांग्रेसको चुनावी नेतृत्व नै उनले हाँकेका थिए । त्यस निर्वाचनमा सुदूरपश्चिमका १९ सिटमध्ये १८ मा कांग्रेसले जितेको थियो । पहिलो पटक निर्वाचित भएपछि उनी गृहमन्त्री भए । त्यसयताका कुनै पनि निर्वाचनमा उनले पछाडि फर्किनु परेन । बरु उनी निरन्तर सत्ताका ‘सदाबहार खेलाडी’का रूपमा रहे ।

देउवाले ०५१ को मध्यावधि निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु) लाई पराजित गरेका थिए । उनले खसेको सदर मतको ६१.७५ प्रतिशत मत पाएका थिए । त्यसपछि देउवा २६ भदौ ०५२ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । डेढ वर्ष उनी प्रधानमन्त्री रहे । ०५६ को निर्वाचनमा उनले ६४.६८ प्रतिशत मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतलाई पराजित गरे । त्यसपछि ७ साउन ०५८ देखि १४ महिना दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । २१ जेठ ०६१ मा उनी तेस्रो पटक आठ महिना प्रधानमन्त्री भएका थिए ।

देउवाले कम मतान्तरमा जितेको चुनाव ०६४ मा हो । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी माओवादीका खगराज भट्ट थिए । त्यस चुनावमा भट्टसँग देउवाले एक हजार ३ सय ६८ मतान्तर मात्रै कायम गर्न सकेका थिए । ०६४ को निर्वाचनमा उनी कञ्चनपुर–४ बाट पनि उम्मेदवार भएका थिए । त्यहाँ पनि उनले जितेका थिए । ०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा डडेलधुरामा देउवाले सदर मतको ५०.५३ प्रतिशत पाएर निकटतम प्रतिस्पर्धी रहेका एनेकपा माओवादीका खगराज भट्टराईलाई पराजित गरेका थिए । सोही निर्वाचनमा उनले कैलाली–६ बाट पनि चुनाव जितेका थिए ।

०७४ मा वाम गठबन्धन हुँदा पनि देउवालाई कसैले धक्का लगाउन सकेनन् । देउवाले २८ हजार ४४ मत पाएर निर्वाचित हुँदा २१ हजार ११५ मत ल्याएका माओवादीका खगराज भट्ट उनीसँग तेस्रो पटक पराजित भएका थिए । जेठ ०७४ मा चौथो पटक प्रधानमन्त्री बनेका देउवाले असार ०७८ मा पुनः प्रधानमन्त्री बन्दै पाँच पटक प्रधानमन्त्री बन्ने नेताको रेकर्ड राखेका थिए । देउवाले ०७९ को निर्वाचनमा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा करिब दोब्बर मत प्राप्त गरेर जित हात पारेका थिए । ढकालले १३ हजार ४२ मत प्राप्त गर्दा देउवाले २५ हजार ५३४ मत पाएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र स्थापना, सशस्त्र द्वन्द्व, राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको अभ्याससम्मका लगभग सबै राजनीतिक घुम्ती र मोड छिचोल्दै देउवा अग्रस्थानमै रहे । तर जेन–जी आन्दोलनपछि राजनीतिक दलमा नेतृत्व हस्तान्तरण एवं पुस्तान्तरणको मागले उनी किनारातिर धकेलिएका छन् । 

देउवाको संसदीय यात्रा रोकिँदा उनका समर्थक सुदूरपश्चिमका कांग्रेस नेता तथा कार्यकर्ता निराश देखिन्छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री मेघराज खड्का देउवाको संसदीय यात्रामा बिरामले आगामी दिनमा समग्र सुदूरपश्चिमले प्राप्त गर्ने पहुँच र सम्मानमा पनि तत्कालका लागि बिराम लाग्ने बताउँछन् । ‘शेरबहादुर देउवाको स्थान प्राप्त गर्न सक्ने अर्को नेता सुदूरपश्चिममा तत्काल देखिन्नँ,’ खड्काले भने । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE