Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

खबरडबली संवाददाता

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् ।

स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका थिए । गत वर्षदेखि सिरक–डस्ना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उनी बताउछन् ।

चौवन्न वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो सुरु भएसँगै दैनिक चार सयदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको थियो । पहिलेपहिले एकै दिनमा आठ–दशवटा सिरक–डस्ना बनाउने गरेको अनुभव सुनाउँदै उनी भन्छन्, “बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।”

इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताउछन् । बाबुको पेसागत बिँडो आफैँले सम्हाले पनि नौवर्षे छोरालाई भने यहीँ पेसामा नलगाउने निर्णय गरेको उनले बताए ।

“यो मसँगै काम गर्दै आएको थियो”, छेउमै खेलिरहेको छोरातर्फ देखाउँदै सेखले भने “तर अब यसलाई धुनियाको काममा राख्दिनँ । यो काम मेरो हातमै आउन छाड्यो भने यसले के गर्छ ? त्यसैले अब अरु नै काम सिकाइदिन्छु, जसले सधैँ धेरथोर कमाइ गरिरहोस् ।”

जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेखमात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि सिरक–डस्नाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् ।

विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउँछन् । बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो सुरु हुनासाथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको उनले बताए ।

“पहिले जाडोमा सय प्रतिशत कपास प्रयोग हुन्थ्यो”, अग्रवाल भने, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि प्रयोग हुँदैन । गत वर्ष मङ्सिरको दोस्रो हप्तादेखि नै माग आउँथ्यो, यसपालि त माघ लागिसक्यो, एउटा पनि माग आएको छैन ।”

उनका अनुसार विगतका वर्षहरूमा सिरक–डस्ना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ ।

महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डस्नाको माग शून्य बराबर रहेको बताउनुभयो । “पहिले ग्राहक ‘अर्डर’ दिएर मात्र बनाउँथे”, उनले भने, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि व्यापार छैन । केही वर्षअघिसम्म बजारमा सधैँ भीडभाड हुन्थ्यो ।”

शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक–डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ । यद्यपि, पसलमा बनाइने सिरक–डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने दाबी उनको छ ।

“हामी गार्मेन्टका कतरनलाई पेलेर बनाइएको फ्रेस कपास प्रयोग गर्छौँ, त्यसैले हाम्रो सामानको गुणस्तर राम्रो हुन्छ”, शाहले भने “सिरक–डस्ना कपडाजस्तो बर्सेनि फेर्ने सामान होइन । त्यसैले बनाउँदा प्रयोग हुने कपासको गुणस्तरमा ग्राहकले ध्यान दिनुपर्छ ।”

उनका अनुसार एउटा सिरक बनाउन चारपाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहनाअनुसार कम–बढी गरेर पनि बनाइन्छ । व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य रु एक हजारदेखि आठ हजारसम्म पर्छ भने डस्नाको मूल्य रु छ सयदेखि चारपाँच हजारसम्म पर्छ ।

माग घट्दै जाँदा धुनियाको परम्परागत पेसामात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टि-२० विश्वकप : वेस्ट इण्डिजसँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

आजै भारत र पाकिस्तान पनि श्रीलंकामा भिड्ने

प्रहरीको आग्रह- पशुपति जाँदा गरगहना नलगाउनू

काठमाडौं । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको...

कांग्रेसले आज प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजन...

आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिका चार ढोका खुला

सवारी पार्किङका लागि यी स्थानमा व्यवस्था

उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बा...

युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त, युक्रेनी जनता चिसोबाट पनि पीडितः राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत् गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् क...

आज २६३औँ सेना दिवस मनाइँदै

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख ...

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अली...

महाशिवरात्रि- पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भन...

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतबार) देखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE