Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

हिमपातसँगै मुगुको जनजीवन प्रभावित

खबरडबली संवाददाता

मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण जिल्लाको छायानाथ रारा नगरपालिका , सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिका लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । 

घाम नलाग्दा जिल्लामा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि नागरिकको जनजीवन प्रभावित भएकाले चिसोबाट जोगिनका लागि शुक्रबार छायानाथ रारा नगरपालिकाले भेडा चरनका लागि गोठालालाई लेकमा नजान आग्रह गरेको छ। 

छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बालबालिकालाई मात्र नभई ज्येष्ठ नागरिक पनि प्रभावित भएको भन्दै जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको सुझाव दिएको छन् । 

ज्येष्ठ नागरिक, बालबालिका चिसो बाट जोगिनका लागि न्यानो कपडा र तातोपानी नियमित प्रयोग गर्न उनको सुझाव छ ।

चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको छायानाथ रारा नगरपालिका वडा नं– २ की जयलक्ष्मी मल्ल बताउछन्। चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनुपर्ने जिल्ला अस्पताल मुगुका डा। दिपक शाहीको  सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने उहाँको भनाइ छ ।  

चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनुपर्ने, जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । त्यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने  डा। शाहीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...

एमालेको राष्ट्रवादी छवि देखेर एमालेमा आएँ : अग्रवाल

काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...

आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्ने विषयमा अझै स्पष्ट छैन: ओली

विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो

सरकारले निर्वाचनमा जान अनुकूल वातावरण बनाएन: विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...

महिला टी-२० विश्वकप : पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात

मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...

हिमपातसँगै मुगुको जनजीवन प्रभावित

मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...

बालेन शाहले मधेशी श्रमिक र फुटपाथ व्यवसायीलाई काठमाडौंबाट लखेटे: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...

नयाँ दलप्रति ओलीको टिप्पणी: भोलि कहाँ जाने केही थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending